नुवाकोट । कारोना महामारीका कारण दाना अभाव देखाउँद व्यवसायीै कुखुरा नष्ट गर्न थालेका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका १२ मा रहेको गणेश पोल्टी फर्मले ५ हजार कुखुरा नष्ट गरेको जनाएको छ ।
फर्मका प्रोपाइटर तथा कुखुरा व्यवसायी लोकेश रिमालले करिब ५ हजार कुखुरा खाल्डो खनेर गाडेको जानकारी दिए ।
रिमालका अनुसार मुलुक लकडाउनको अवस्थामा रहेकाले कुखुरा नबिक्ने र पालेर राख्नका लागि दानाको अभाव भएकोले व्यवसायीले यस्तो निर्णय लिनुपरेको हो । उनले नगरपालिकाले नै डोजर दिएपछि आफुले कुखुरा पुरेको जानाकारी दिए ।
सरकारले केही दिन अघि कुखुरा तथा दाना बोक्ने गाडीलाई रोक नलगाउने बताएको भएपनि दाना अभाव रहेको र आएको दानामा समेत खराबी देखिएको र कुखुरा समेत मर्न थालेपछि पाल्न नसकेको रिमालको भनाई रहेको छ ।
यस्तै बेलकोटगढी ५ का गोकर्ण नेपालले पनि आफुले पालेको सबै कुखुरा नष्ट गरेको जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।