add

नेपालमा कोरोनाको परीक्षण न्यून, कुन देशमा कति परीक्षण ?






ActPro Nepal

|

२३ चैत, २०७६

|
1034

काठमाडौं । कोरोना भाइरसको संक्रमण अमेरिकामा भन्दा नेपालमा अगाडि देखिएको थियो। तर, अमेरिकाले अहिलेसम्म साढे १६ लाख मानिसमा परीक्षण गरेको छ भने नेपालले १६ सयमा पनि परीक्षण गर्न सकेको छैन।

चीनको वुहानबाट आएका एक नेपाली युवकमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले माघ १२ मा सार्वजनिक गरेको थियो। जबकी अमेरिकामा वुहानबाट आएका एक बृद्धामा कोरोना संक्रमण भएको माघ १५ गतेसार्वजनिक गरिएको थियो।

त्यसयता नेपाल र अमेरिकाको हालत धेरै बद्लिएको छ। आइतबार मध्याह्नसम्म अमेरिकामा कोरोनाले आठ हजार चार सय ५४ जनाको ज्यान लिएको छ। तीन लाख ११ हजार ६ सय ३७ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये आठ हजार दुई सय ६ जना गम्भीर रहेका छन् भने १४ हजार आठ सय २८ जना निको भएका छन।

नेपालमा त्यस्तो अवस्था नआएपनि अहिलेसम्म नौ जनामा संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएका छन भने आठ जनाको उपचार भइरहेको छ।

तर, विश्व स्वास्थ्य संगठनले भनेअनुसार, नेपालमा कोरोनाको परीक्षण हुन सकेको छैन। यो तीन महिनाको अवधिमा नेपालमा एक हजार पाँच सय २१ जनाको मात्रै परीक्षण भएको छ। सरकारले परीक्षणको दर बढाउन सकेको छैन।

जति धेरै परीक्षण गरेर संक्रमित पत्ता लगाएर आइसोलेसन वा क्वारेन्टाइन राख्न सक्यो, त्यतिधेरै जोखिमको सम्भावना कम हुने विज्ञहरुको भनाइ छ। परीक्षणको दर बढाउन नसके नेपालमा पनि संक्रमणले जोखिम नित्याउनसक्ने विज्ञहरुको भनाइ छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकेका र गर्न प्रयत्नरत थुप्रै देशले भने परीक्षणलाई ब्यापक बनाएका छन्। आइतबार मध्याह्नसम्म अमेरिकाले सबैभन्दा बढी १६ ला ५६ हजार आठ सय ५७ जनाको परीक्षण गरेको छ।

त्यस्तैपछि जर्मनीले नौ लाख १८ हजार चार सय ६० जनाको परीक्षण गरेको छ। जसमध्ये ९६ हजार ९२ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म जर्मनले मानवीय क्षतिलाई बढ्न दिएको छैन। जर्मनीमा एक हजार चार सय ४४ जनाको मात्रै मृत्यु भएको छ। जबकी यहि तुलनामा संक्रमण भएका अन्य देशमा कयौं गुणा बढीले ज्यान गुमाएका छन्।

त्यस्तै, ईटालीले ६ लाख ५७ हजार दुई सय २४, स्पेनले तीन लाख ५५ हजार, फ्रान्सले दुई लाख २४ हजार दुई सय ५४, इरानाले एक लाख ८६ हजार जनाको परीक्षण गरेको छ। यस्तै, बेलायतले एक लाख ८३ हजार एक सय ९०, टर्कीले एक लाख ६१ हजार तीन सय ८०, स्वीट्जरल्यान्डले एक लाख ५३ हजार चार सय ४० जनाको परीक्षण गरेको छ।

कोरोनाको संक्रमणलाई फैलन नदिएको दक्षिण कोरियाले पनि व्यापक परीक्षण गरेको छ। अन्य देशहरुले संक्रमण फैलिएपछि परीक्षण गरेको भएपनि दक्षिण कोरियाले भने फैलनुभन्दा अघि नै परीक्षण सुरु गरेको थियो।

अहिलेसम्म दक्षिण कोरियाले चार लाख ६१ हजार दुई सय ३३ जनामा परीक्षण गरेको छ। जसमध्ये १० हजार दुई सय १३ जनामा संक्रमण देखिएको छ भने एक सय ८३ जनाको मृत्यु भएको छ। यसमा ६ हजार चार सयभन्दा बढी निको भइसकेका छन्।

दक्षिण एसियाकै देशहरुले पनि थुप्रै जनामा परीक्षण गरेका छन्। भारतले एक लाख २८ हजार तीन सय २० जनामा परीक्षण गरिसकेको छ। अहिले परीक्षणलाई बढाइरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.