add

आजदेखि धुलिखेल अस्‍पतालमा पनि कोरोना जाँच






ActPro Nepal

|

२३ चैत, २०७६

|
890

काभ्रेपलाञ्चोक ।  धुलिखेल अस्पतालमा आइतबारदेखि कोरोना भाइरस संक्रमण सम्बन्धी जाँच थालिएको छ ।

पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना जाँच गरिने अस्पतालका चिकित्सक डा.राजेन्द्र कोजूले जानकारी दिए ।

संक्रमणको अवस्था हेरेर जाँचको अवधि थपिने उनले बताए । ‘पर्याप्त पिपीइ, परीक्षण किटलगायत परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिन मात्रै जाँचको समयावधि तोकेका छौँ,’ उनले भने ।

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण जाँच तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख उपलब्ध गराएको छ । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले साे रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाले बताए ।

झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका नागरिकलाई सहज हुनेछ ।

अहिलेसम्म राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा जाँच हुदै आएको छ ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.