add

युवानेता क्षितिज भण्डारीको प्रस्ताव र सुझावपछी कांग्रेस पार्टी कार्यलय कोरेन्टाईनमा परिणत हुदै






ActPro Nepal

|

२२ चैत, २०७६

|
1136

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई विभिन्न १० बुदे सुझाव प्रस्ताव गरे सङै नेपाली कांग्रेस पार्टी कार्यलय कोरेन्टाईनमा परिणत हुदैछ्न ।

नेबि संघ पुर्ब कावा अध्यक्ष रहेका भण्डारीले कोरोना भाईरस विरुद्ध पार्टीको एकीकृत र परिणाममुलक रणनीति बनाउन केन्द्रीय सदस्य, सासद, स्थानीय तह प्रतिनिधि सम्मिलित आपतकालीन बैठकलाई भिडियो कन्फ्रेन्स मार्फत गर्दै, जनस्तरमा सुझाव संकलन मार्फत प्रतिपक्षी दलको तर्फबाट राष्ट्रको नाम मा मागहरु लिष्ट सार्वजनिक मात्र होईन आफ्नै श्रोत र साधनको दम मा करोडौं को राहत प्याकेजको ब्यवस्थापनको माग गरेपछि सामाजिक सन्जालमा आम जनता र नेताकार्यकर्ताले समर्थन गरेको देखिन्छ । 

युवानेता भण्डारी जनताले नेताको औकात, हैसियत र जिम्मेवारी पाँउदाको कार्यसम्पादन शैली सबै कुरा नजिकबाटै बुझेकोले, अत्यन्तै चेतनशिल नेपाली जनतालाई बिगतको गल्तिहरु बारे सामुहिक नेतृत्वले आत्मलोचना सहित अब "सिधा कुरा - प्रष्ट विचार" प्रवाह गर्दै नेता र जनता अनुशासित भई सामाजिक दुरि कायम गर्दै "लक डाउन" परिपालना र समसामयिक कोरोना संकट समाधान बारे प्रतिपक्षी शिर्ष नेताको "सयुक्त सम्बोधन" लाई निम्न १०बुदे सुझावलाई छलफलको लागि राखेकोमा हामीले जस्ताको त्यस्तै न्युज मा राखेका छौँ ।

१) नेपाली कांग्रेस, नेपाल तरुण दल, ने.ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यलय भवनको ७५% भाग अनि ७७ जिल्ला नेका कार्यालय र भातृ- शुभेच्छुक सस्था भवन र नेताको खाली रहेको निजि भवनलाई संभव भएसम्म पार्टी कै खर्चमा र नसकेको स्थानमा सासद कोषबाट क्वारेन्टाइन को निर्णय गर्न माग गर्दछौं । साथै पार्टीको क्षेत्र, नगर, गाउँपालिका, वडा कार्यालयलाई खाद्यान्न र राहत बितरण गोदाममा परिणत गरेर तालिम प्राप्त तरुणविद्यार्थी लाई सामाजिक दुरि कायम गर्दै स्वयंसेवक अनुमति लिएर घरदैलो मै जनतालाई राहत र निशुल्क स्वास्थय सेवा प्रदान को निर्णय गर्न, गराउन पहिलो अनुरोध छ ।

२) नेपाली कांग्रेसको नेताकार्यकर्ताले लक डाउनको अवधिभर आफ्नो घरभाडा नलिने घोषणा गर्न अनि पिपिई को लागी( सिल्ने-स्टिचिङ्ग गर्ने गरि) रेनकोट, बढी भएको खाद्यान्न औषधि स्वास्थयकर्मी लाई प्रदान गर्न अनुरोध/निर्देशन गर्नुपर्छ।

३) पार्टी र भातृसस्थाका नेताकार्यकर्ताले आफ्नो उद्योग, कार्यालय वा घरमा कर्मचारी/मजदुरको तलब कट्टा नगरी अग्रिम पेश्की दिन अनुरोध/निर्देशन गर्नुपर्छ।

४) कोरोना संकटको निहुँमा गुणस्तरहिन स्वास्थय सामाग्री खरिद अनि भ्रस्टाचार जस्तो जघन्य अपराध र कृतिम अभाव-अनियमिता देशभर साझ बत्ती निभाएर (ब्लैक आउट) मार्फत सरकार शान्तिपुर्ण बिरोध गर्दै दोषी मन्त्री र कर्मचारी बर्खास्ती नभएसम्म "जनताबाट कर बहिष्कार आन्दोलन" घरबाटै गर्न सर्वदलीय अपिल गर्नुपर्छ ।

५) सुदुरपशिचम प्रदेशको गौरिफन्टा, धार्चुला, टनकपुर लगायत देशको विभिन्न भारतिय सिमा नाकामा अत्यन्तै पीडा र जोखिमपुर्ण अवस्थामा रहेका नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनिहरुको तत्कालै उद्धार गरि देशभित्र ससम्मान खाद्यान्न र स्वास्थय सुरक्षा सहित सिमा क्वारेन्टाईनमा राखेर १४-१७ दिन भित्र आ-आफ्नो घर फर्काउने राज्य को जिम्मेवारी पालना गराउनुपर्छ ।

६) बङ्गालादेश, ईरान, युरोप र बहराईन सहित गल्फ राष्ट्रहरुमा नेपाली अलपत्र परेको समाचार आईरहेको बेला अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपाली विद्यार्थीको जिम्मेवारी नलिने र घर फर्कन आदेश दिएकोले अब बिश्वको अन्य जुनसुकै मुलुकमा रहेको नेपालीले देश फिर्ता आउन चाहेमा सरकारले चीन झै निशुल्क बोईङ्ग पठाएर अबिलम्ब उद्दार र उपचारको लागि बजेट छुटाउन नेपाली कांग्रेसले सरकारसंग उच्चस्तरीय वार्ता टोलि गठन गर्नुपर्छ ।

७) प्रेस स्वतन्त्रता माथी हस्तक्षेप गर्ने प्रधानमन्त्रीका सूचना विज्ञ अस्गर अली सहित अन्य दोषीलाई बर्खास्त गर्न सरकारसंग माग गर्नुपर्दछ ।

८) परिक्षण कीट को अभावमा आन्तरिक संक्रमण नभएको निष्कर्ष निकाले पनि बिश्वब्यापी रुपमा लक डाउन लम्बिने परिस्थितिमा बढने युवा बेरोजगारी, खस्किने नेपाली अर्थतन्त्र, कृषि उपज, उद्योगव्यापार र दैनिक ज्यालादारी श्रमजीवीहरूलाई नेपाल सरकारले दिने भनिएको विभिन्न राहत प्याकेज र ३ महिनाको कर र ब्याज मिनाहाको घोषणा पारदर्शी हुनुपर्छ । सरकारी र निजि स्कुल र क्याम्पसलाई कम्तीमा ३ महिनाको शुल्क मिनाह गर्दै सो वाफत कुल नोक्सानिको ५०% कर भुक्तानीको अग्रिम (घरबहाल, स्कुल, लाभ कर, शिक्षक-कर्मचारीको तलब कर सहित) कर चुक्ता प्रमाण पत्र दिई आधा नोक्सानि राज्यले वेहोर्नुपर्छ । धार्मिक जमघट को संभावना बोकेको स्थानमा निगरानी सहित भुटानी र रोहिङ्ग्या शरणार्थी शिविर, सुकुम्बासी र कमैया बस्तिहरुमा खाद्यान्न बितरण सहित कोरोना बारे विशेष सतर्कता अपनाउन बिज्ञको छलफल चलाएर निर्णयमा पुग्न सबै ठुलासाना पार्टी र बिज्ञ सुझावलाई समाबेश गर्न सरकारसंग वार्ताको सयुक्त एजेन्डा कांग्रेस को भिडियो कन्फ्रेन्स बैठकबाट तय गरिनुपर्छ ।

९)कोरोना विरुद्धको युद्धमा खटिनेलाई आवश्यक स्वास्थय सामग्री र सम्मानको अभियान चलाउनुपर्छ । नेपाल सरकारले हरेक सुरक्षाकर्मी, स्वास्थयकर्मी, सफाईकर्मी र एम्बुलेन्स चालकलाई प्रति ब्यक्ती १करोड रुपैयाँ र राष्ट्रिय सम्मान सहित ग्यारेन्टेड जिवन बिमाको घोषणा गरेर मन, कर्म र वचनले जोखिममा खटिन वहाँहरु को जोश र आत्मबिश्वास बढाउनुपर्छ ।

१०) बैशाख पहिलो साता भित्रमा ७ वटै प्रदेशमा सबै नेपाली जनताको नि:शुल्क बिश्व स्तरिय कोरोना परिक्षण गरिनुपर्छ । चाडै अबिष्कारको क्रममा रहेको कोरोनाको खोप आएमा भबिष्यमा नेपालीलाई निशुल्क बितरण लागि बिदेशी सहयोग र राष्ट्रिय बजेट सयुक्त परिचालन कसरी गर्ने ? भन्ने सन्दर्भमा दुरदर्शिता अपनाउदै बर्तमान सम्बन्धित मन्त्रालय अनि पुर्ब प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु अनि अर्थ, स्वास्थय मन्त्री र स्वतन्त्र नेपाली बिज्ञ को सुझावलाई समेटेर भ्रष्टाचार र दुरुपयोग नहुने गरि बिवादरहित बजेट अषाढ सट्टामा अगाडि नै २ खर्ब को बजेट अद्य्यादेशबाट पहलकदमी गर्न पार्टीलाई माग गरेका छन्


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.