add

उत्तर कोरियामा कोरोना भाइरस भित्रिएकै छैन त ? जोगिन के गर्‍यो, दावी सत्य हो त ?






ActPro Nepal

|

२२ चैत, २०७६

|
1110

काठमाडौं । उत्तर कोरीयाले आफ्नो देशम एक जनालाई पनि कोरोना भाइरसको संक्रमण नभएको दाबी गरेको छ। उत्तर कोरियाको यो दाबीमाथि अब शंका गर्न थालिएको छ।

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलनुको प्रमुख कारण- बेलैमा चीनसँगको सीमा नाका बन्द गर्नुलाई बताउँदै आएको छ।

उत्तर कोरियाली अधिकारीहरु अहिलेसम्म आफ्नो देशमा एक जना पनि कोरोना भाइरस संक्रमित फेला नपरेको दावी गर्छन्। के उनीहरुको दावीअनुसार नै उत्तर  कोरियामा अहिलेसम्म कोरोना भाइरस भित्रिएकै छैन त?

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलनुको श्रेय आफ्नो देशको सीमा बन्द गर्ने कडा निर्णयलाई दिइरहेको छ। सरकारी अधिकारीले संक्रमणै नभएको दावी गरिरहेका बेला दक्षिण कोरियामा रहेका एक अमेरिकी वरिष्ठ सैन्य अधिकारीले उत्तर कोरियामा एक जना पनि कोरोना भाइरसबाट संक्रमित नभएको सरकारी दावा झुटो रहेको दावी गरे।

उत्तर कोरियाकै एक विशेषज्ञले देशभित्र संक्रमणै नभएको भनेर भन्न सकिने अवस्था नभए पनि ठूलो संख्यामा संक्रमण नफैलिएको भने सत्य भएको बताए।तर उत्तर कोरियाको सेन्ट्रल एन्टी एपिडेमिक मुख्यालयका निर्देशक पाक म्योङ्ग सू ले एएफपीसँग कुरा गर्दै उत्तर कोरियामा अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण नदेखिएको दावी गरेका थिए।

‘हामी संक्रमण रोक्न पहिल्यै सक्रिय भएका थियौ र वैज्ञानिक कदम उठाइसकेका थियौं। जस्तो विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्यौंं,’ उनले भने, ‘हामीले बाहिरबाट आएका सबै सामानलाई स्यानिटाइज ग¥यौं र आफ्नो जल,थल र वायु सीमालाई बन्द गरिदियौं।’

उत्तर कोरियाको दावी सत्य हो त?
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाका कमाण्डर जनरल रबर्ट अबराम्स उत्तर कोरियामा अहिलेसम्म एक जना पनि कोरोना भाइरसको संक्रमित फेला नपरेको दावी झुटो रहेको बताउँछन्। उनले सीएनएन र भ्वाइस अफ अमेरिकासँग कुरा गर्दै उनले आफूहरुलाई जुन जानकारी आएको छ त्यसका आधारमा उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण नहुनु असम्भव रहेको बताए। तर उनले उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको कति संक्रमित छन् भनेर भन्न सकेनन्।

अमेरिकी वेबसाइट एनकेन्युजका म्यानेजिङग एडिटर आलिव हटम पनि उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण भएको दावी गर्छन्। उनले  दक्षिण कोरिया र चीनसँग सीमा जोडिएकाले पनि उत्तर कोरियामा संक्रमण नभएको विश्वास एकदम कम भएको बताउँदै उनले चीनसँगको व्यापारीक सम्बन्धले पनि उत्तर कोरियामा कोरोना भाइरस नभएको भनेर पत्याउन नसिकिने बताए। तर ठूलो मात्रामा संक्रमण फैलिएको छ भनेर भन्न सकिने आधार पनि नभएको उनले बताए।

के गर्‍यो उत्तर कोरियाले?
कोरोना भाइरसको संक्रमणबाट जोगिन उत्तर कोरियाले जे–जस्ता काम ग¥यो त्यो प्रभावकारी भयो भन्ने अहिलेसम्मको नतिजाले देखाउँछ नै। उसले जनवरीको पहिलो साता नै  देशको सीमा बन्द गरिदियो। प्योङ्गयाङ्ग आउने विदेशीलाई अनिवार्य क्वारेन्टाइनमा राखेको थियो। त्यो बेलामा चीनमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको थियो। एनकेन्युजका अनुसार उसले १० हजार नागरिकलाई आइसोलेसनमा राखेको थियो भने ५ सय जना अहिले पनि क्वारेन्टाइनमा छन्।

कोरोनाबारे जानकारी छ नागरिकलाई?
उत्तर कोरियाका नागरिकलाई कोरोना भाइरसबारे जानकारी छ। हरेक दिन पत्रिकामा यसबारे समाचार छापिने गरेका छन्।  पत्रिकाको एक पन्ना नै कोरोना भाइरसको प्रभाव र यसबाट जोगिने उपायबारे लेखिएको हुन्छ। पत्रिकामा देशले कोरोना भाइरसबाट जोगिन के–के काम गरिरहेको छ भन्नेसमेत उल्लेख हुन्छ।

सोलस्थित कुकमिन यूनिभर्सिटीका शोधकर्ता फ्योडोर टेरटिटिस्कीका अनुसार उत्तर कोरियामा जनताहरुलाई कोरोना कसरी फैलन नदिने भनेरसमेत सिकाउने गरिन्छ। उत्तर कोरियामा स्वास्थ्य सुविधा युरोप र अमेरिकी देश झै साधन सम्पन्न नभए पनि कमजोर पनि छैन। नाकाबन्दीका कारण उनीहरुले अहिले विकसित भएको मेडिकल उपकरण किन्न भने समस्या भइरहेको छ।

कोरोना संक्रमणका घटना सार्वजनिक नभए पनि उत्तर कोरियामा कोरोनाको संक्रमण रहेको तर यसबारे सार्वजनिक गर्दा आम नागरिक डराउने र एक स्थानबाट अर्को स्थानमा जाँदा चाँडै फैलने भएकाले लुकाएको धेरैको आशंका छ। सरकारले नै यो तथ्य लुकाएको दावी गर्नेहरु पनि छन्। तर कसैले एकिन साथ उत्तर कोरियामा कोरोना संक्रमण रहेको सार्वजनिक गर्न भने सकेका छैनन्।

पछिल्लो तथ्याङ्कअनुसार विश्वका करिब ११ लाख मानीसमा कोरोना भाइरसको संक्रमण भएको छ भने ५९ हजार बढीको मृत्यु भइसकेको छ।
‘उत्तर कोरियामा हालसम्म एक जना व्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको छैन,’ उत्तर कोरियाको सेन्ट्रल एन्टी-इपिडेमिक मुख्यालयका निर्देशक पाक म्योंगले शुक्रबार समाचार एजेन्सी एएफपीलाई भनेका छन्।

बीबीसी हिन्दीबाट


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.