add

अमेरिका कोरोना संक्रमणको इपिसेन्टर बन्दै, ट्रम्प भन्छन म मास्क लगाउँदिन






ActPro Nepal

|

२२ चैत, २०७६

|
1180

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् । 

आफ्नै सरकारले जारी गरेको आदेशको अवज्ञा गर्दै राष्ट्रपति ट्रम्पले आफूले कहिल्यै मास्क नलगाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीलाई म कसरी मास्क लगाएर स्वागत गरौँ।’ उनले शुक्रबार जारी उक्त निर्देशन पालना गर्न आफू बाध्य नभएको पनि बताएका छन्।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरेको छ ।

मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव पनि स्वैच्छिक हो भन्दै उनले भने, ‘तपाईँहरुले पनि यसको पलना गर्नु पर्दैन । मलाई लाग्दैन कि मैले पनि यसको पालना गर्ने छु ।’

राष्ट्रपति ट्रम्पले ‘ती सुझावहरु मेरा लागि होनन्’, भन्दै आफूले पनि उल्लंघन गरेको र अरुलाई पनि उल्लंघन गर्नका लागि प्रेरित गरेको समाचारहरुले टिप्पणी गरेका छन् ।

कोरोना संक्रमणको वुहान र इटाली पछिको इपिसेन्टर बनेको अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या सात हजार नाघेको छ ।

अहिलेसम्म अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताउँदै आएका थिए– बिरामी र तिनको उपचार तथा रेखदेख गर्नेले मात्रै मास्क लगाउनु जरुरी छ।

शुक्रबार (हिजो) बल्ल सबैलाई मास्क लगाउन भनिएको छ। यद्यपि, आम मानिसलाई सर्जिकल मास्क नलगाउन भनिएको छ किनकी यस्तो मास्कको अभाव नै छ अमेरिकामा पनि ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.