add

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुग्यो






ActPro Nepal

|

२२ चैत, २०७६

|
1346

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एकैदिन १ हजार ३२० पुगेको छ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुगेको छ भने एकैदिन ३२ हजार ०८८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ९७२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९ हजार १४० पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख ९७ हजार ८१० पुगेको छ । एकै दिन ८२ हजार ७४५ जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

त्येस्तै, स्पेनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने ९३२ जना थपिएका छन्।

यससँगै त्यहाँ शुक्रबार दिउँसोसम्ममा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ३५ पुगेको छ। 

यो कोरोना संक्रमणबाट सर्वाधिक ज्यान गुमाउने देशको सूचीमा दोस्रोमा पर्छ। पहिलो नम्बरमा इटाली छ भने तेस्रोमा अमेरिका ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.