add

समाजसेवी रावलको सराहनिय कार्य, माहाकाली नगरपालिकालाई ४५ हजार बराबरको साबुन






ActPro Nepal

|

२१ चैत, २०७६

|
1008


पप्पु गुरुङ्ग, दोधारा । विश्वमा फैलिएको महामारी कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि माहाकाली नगरपालिकामा एक समाजसेवीले झण्डै ४५ हजार बराबरको साबुन सहयोग गरेका छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं। ६ ऐठपुर (भानु चोक) निवासी दिलेन्द्र रावलले माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई एक पत्र लेखी २१ सय २४ पिस अर्थात झण्डै ४५ हजार बराबरको साबुन सहयोग पठाएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जानकारी दिए । माहामारीको बेलामा भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर (भानु चोक)  निवासी दिलेन्द्र रावलले ब्यक्तीगतरुपमा माहाकालीबासीको लागि सहयोग पठाउनुभएकोमा सुनारले दाता रावललाई धन्यबाद दिदै दुखको घडीमा सहयोग गरेको बताएका छन् ।

प्राप्त साबुन लाई माहाकाली नगरपालिकामा स्थित रहेको नेपाल रेडक्रस सोसाईटी दोधारा र नेपाल रेडक्रस सोसाईटी चा“दनीलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणमा नेपाल रेडक्रस सोसाईटी दोधाराका अध्यक्ष राजेन्द्र मल्ल ठकुरी, सचिव मोहन सुनार, नेपाल रेडक्रस सोसाईटी चाँदनीका अध्यक्ष जित बहादुर जिसी, माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं। ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, माहाकाली नगरपालिकाका नगर प्रमुखका सचिवालयका सल्लाहकार मदनलाल सुनार रहनुभएको थिए ।

 ‘सफा बसौं, संक्रमणबाट बर्चौं । आदर्णिय मेयर साव, आज बिश्व कोरोना भाइरसको माहामारीले संकटग्रस्त छ् । यस घडीमा सबैले एकजुट भई लड्नु पर्ने भएकोले सानो प्रयास गरेको छु ।

मेयर सावको सहयोग तथा प्रयासका लागी ह्रदय देखी धन्यबाद दिन चाहान्छु । अहिले १० पेटी साबुन पठाईरहेको छु । दिलेन्द्र रावल ९ भिमनपा–६ ऐठपुर०’ दाता दिलेन्द्र रावलले माहाकाली नगरपालिकाका नगर प्रमुखलाई पत्रमा लेखेका छन् ।

 माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले नितान्तै ब्यक्तीगतरुपमा दाता रावलजीले पठाउनुभएको साबुन माहाकाली नगरपालिकामा स्थित दोधारा र चाँदनीका रेडक्रस उपशाखालाई हस्तान्तरण गरेको भन्दै रावलजीले यस घडीमा पठाउनुभएको सहयोगको माहाकाली नगरपालिकाले उच्च सम्मान गरेको  बताए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.