add

राम एक आदर्श पुरुष : भक्ति मार्गमार्फत् भेट्न सकिन्छ आर्थिक समृद्धि,यसो गर्नुहोस्






ActPro Nepal

|

२० चैत, २०७६

|
1638

काठमाडौं । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ ।  यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ ।


रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।


भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए । त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् । रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नी रूपमा प्राप्त गरे । सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात् रूप मान्छन् भने रामलाई क्षितिपालक भुषण परमात्मा स्वरूप मान्दछन् ।

रामका तीन भाइ थिए- लक्ष्मण, भरत र शत्रुघ्न । रामायणका अनुसार भगवान् विष्णुले आˆना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम (१३ कला), लक्ष्मण (२ कला), भरत र शत्रुघ्न क्रमशः एक एक कलामा विभाजित गरेर चारजना पुत्रको रूपमा जन्म लिएका थिए । रामलाई रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदि थुप्रै नामले चिनिन्छ । मर्यादा पुरुष श्रीराम पितृ वचन पालन गर्नेहरूमध्ये एक अग्रणी हुन् ।

हनुमान रामका सबैभन्दा ठूला भक्त मानिन्छन् । रामले राक्षस जातिका खर, दूषण, त्रिशिरा, कुम्भकर्ण तथा वानरराज बालिका साथै राक्षसराज रावणको वध गरे । हिन्दू धर्मका दसैं, रामनवमीजस्ता चाडपर्व रामको जीवन कथासँग जोडिएका छन् ।

‘राम’ को अर्थ लगाइन्छ- रमन्ते योगिनो यस्मिन् स रामः । अर्थात् योगीगण ध्यानका क्रममा जसलाई देख्छन्, जसमा योगीहरूको चित्त रमाउँछ उनै राम हुन् । तन्त्रशास्त्रमा रामको अर्थ छ- कल्याणकारी अग्नि एवं प्रकाश ।

उनै परमात्माका अवतार भनिएका रामका जीवनका अनेकौं आयाम छन् । उनका कर्म हेरेर कसैले उनलाई मर्यादा पुरुषोत्तमका रूपमा सम्मान गरे भने आधुनिक युगका कतिपयले उनको सोही कर्ममा खोट लगाउने गरिएको समेत पाइन्छ ।

रामका जीवनमा केही यस्ता प्रसंग छन् जसका आधारमा उनको मूल्यांकन गर्न सकिन्छ । उल्लेख्य कुरा के छ भने रामका तार्किक विरोध गर्नेहरूले समेत राम आफैंमा खराब थिएनन् बरु आसेपासे, सल्लाहकार व्राह्मणवर्ग तथा ऋषिमुनि आदिको दबाबका कारण वर्तमान परिप्रेक्ष्यमा गलत काम गरेका हुन् भनेका छन् ।

रामको जीवनकाल र पराक्रम महर्षि वाल्मीकिद्वारा रचित संस्कृत महाकाव्य रामायणमा वणिर्त छ । तुलसीदासले पनि भक्ति काव्यका रूपमा श्री रामचरितमानसको रचना गरेका थिए । नेपालमा पनि आदिकवि भानुभक्त रामायणकै कारण ख्यातिप्राप्त छन् । राम उत्तर भारत र नेपालमा धेरै पूजनीय छन् । उनी हिन्दूहृदय सम्राट् तथा आदर्श पुरुष हुन् । आफ्नो सुखको पछि नलाग्ने, मान्यजनको आदेश शिरोपर गर्ने, एक पत्नीव्रत पालन गर्ने तथा कर्तव्य निर्वाहका लागि कुनै सम्झौता नगर्नेजस्ता थुप्रै आदर्श गुण छन् राममा । यस्ता आदर्श गुणकै कारण राम भगवान्कै रूपमा पुजिएका हुन् ।

हामीले आर्थिक समृद्धिको धेरै नाराहरु रच्ने गरेका छौं । देशले एकातर्फ आर्थिक समृद्धिको लक्ष्य लिएको छ भने अर्काे तर्फ हामी व्यक्तिगत समृद्धिको चिन्ता पनि उत्तिकै लिने गर्दछौं । तर, आर्थिक समृद्धिको लागि भक्तिको पनि मार्ग छ ? धर्मशास्त्रहरुका अनुसार भगवान श्री रामको विधिविधानबाट भक्तिगरी समृद्धिको बाटोमा पुग्न सकिन्छ ।

भक्ति मार्गबाट आर्थिक समृद्धि हाँसिल गर्ने १० बाटोहरु रहेका छन् । ती निम्नानुसार रहेका छन् ।

* रामनवमीको दिन भगवान श्रीराम की पूजा-अर्चना गर्नुहोस् ।

* नयाँ घर, पसल अथवा प्रतिष्ठानमा पूजा-अर्चना गरी प्रवेश गर्नुपर्दछ ।

* नवरात्रिको नवौं दिन यानी रामनवमीका दिन माता दुर्गाको नवम स्वरूप सिद्धिदात्रीको उपासना गर्नुहोस् । एवं आफ्नो शक्तिनुसार माता दुर्गाको नामबाट दीप प्रज्ज्वलित गर्नुहोस् ।

* गरीब-असहाय मानिसहरुलाई आफ्नो सामर्थ्य अनुसार दान-पुण्य गर्नुहोस् ।

* रामको जन्मोत्सव यसरी मनाउनुहोस् कि जसरी घरमा कोही नयाँ शिशु जन्मिएको छ।

* नवमीको दिन कुमारी कन्याहरुलाई भोजन गराउनु होस् ।

* कन्याहरुलाई उपहारस्वरूप कुनै चीजहरु भेटी दिनुहोस् ।

* कुनैपनि प्रकारको शुभ कार्य गर्ने दृष्टिले यो एक महत्वपूर्ण दिवस हो।

* श्रीराम नवमीको दिन रामरक्षास्त्रोत, राम मन्त्र, हनुमान चालीसा, बजरङ्ग बाण, सुन्दर काण्ड आदिको पाठबाट केबल अक्षय पुण्य  यसो गर्दा धन सम्पदाको निरन्तर बढ्ने योग समेत जाग्रत हुन्छ ।

* कुनैपनि नयाँ कामको शुरुआत, नयाँ व्यवसाय आरम्भ समेत गर्न सक्नुहुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.