नुवाकोट ।कोरोना भाइरस संक्रमणको आशंका गरिएका नुवाकोटका एक ब्यक्तिमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ।
कोरोना रोगको आशंकित रहेको हुनसक्ने भन्दै नुवाकोटबाट संकलन गरेर पठाइएको उनको परीक्षण प्रतिवेदनमा कोरोना रोगको सक्रमण नभएको अर्थात नेगेटिभ आएको हो ।
चैत ४ गते दुबईबाट आएका व्यक्तिलाई ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि ती व्यक्तिको नमूना संकलन गरेर कोरोना परीक्षणको लागी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको उनको नतिजामा कोरोना रोग कोभिड–१९ को सक्रमण नभएको प्रतिवेदन आएको त्रिशूली अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईको अनुसार टेकुबाट मगलबार राती प्राप्त उनको नतिजाको प्रतिवेदनमा कोरोना रोगको कुनै सक्रमण नपाइएको उल्लेख गरिएको छ । यसअघि देखि नै अस्पतालको सम्पर्कमा रहेर घरको एकान्तबासमा रहदाँ ती व्यक्तिमा आइतबारदेखि ज्वरो आएको पाइएपछि त्रिशूली अस्पतालले निर्माण गरेको आइशोलेशन कक्षमा राखेर निगरानी थालिएको थियो । कोरोनाको सक्रमण नपाइएको र स्वास्थ्य अबस्था पनि अहिले सामान्य रहेकाले घर जान चाहेमा उनलाई आज डिस्चार्ज गर्ने डाक्टर रेमकुमार राईले जानकारी दिनुभएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।