काठमाडौं । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न देश पुर्णरुपमा लकडाउनको अवस्थामा छ ।
सोहि अवस्थालाई मध्यनजर गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पहलमा विभिन्न व्यक्तिहरुलाई निःशुल्क खाद्यान्न सामग्री वितरण गरिएको छ।
विभिन्न बैंकसँगको सहकार्यमा असहाय, शारीरिक रुपमा फरक क्षमता भएका व्यक्ति तथा ज्यालामजदुरी गरी गुजारा चलाउने विपन्नलाई खाद्य सामग्री वितरण गरिएको हो।
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेका कारण त्यस्ता व्यक्तिलाई छाक टार्न कठिन भइरहेकाले खाद्यान्न वितरण गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए।
मानव कल्याण समाज झौखेल भक्तपुरमा आश्रित ६३ जना फरक क्षमता भएका, असहाय, हनुमन्ते कोरिडोर ठिमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरलाई अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको हो।
यसअघि पोखरेलको अगुवाइमा एनआईसी एसिया बैंकको सहकार्यमा सामाखुसीस्थित मानव सेवा आश्रमलाई निःशुल्क खाद्य सामग्री वितरण गरेका थिए।
मानव सेवा आश्रमलाई डिआइजी विश्वराज पोखरेल गरे खाद्य सामाग्री हस्तान्तरण
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।