add

यस्तो छ बिहिबार राति नेपालको आकाशमा देखिएको चम्किलो वस्तुको वास्तविकता






ActPro Nepal

|

१४ चैत, २०७६

|
1590

काठमाडौं ।बिहिबार नेपालको आकाशमा चम्किलो बस्तु देखिएको छ। बिहिबार बेलुका करिब सवा ८ बजेतिर आगोको ज्वाला जस्तो चम्किलो बस्तु आकाशमा देखिएको गण्डकी प्रदेशका स्थानीयहरुले बताएका छन्। 


पाल्पा स्याङ्गजा लगायतका प्रत्यक्षदर्शीकाअनुसार केहि सेकेन्ड मात्र आकाशमा चम्किलो बस्तु देखिएको र यसले निकै उज्यालो बनाएको थियो। यता बाग्लुङ आसपासक स्थानीयहरुले ठुलो आवाज सहित आकाशमा चम्किलो बस्तु देखेको बताएका छन् । त्यस्तै गुल्मीका एक स्थानियले पनि अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु आवाज निकाल्दै गएको बताएका छन्। बिभिन्न ठाउँका व्यक्तिहरुले लिएको तस्विरहरु अहिले सामाजिक संजालमा साझा भईरहेका छन्। 

चम्किलो बस्तु के हो ?

नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले आज बिशेषगरि गण्डकी प्रदेश क्षेत्रमा देखिएको चम्किलो बस्तु यहि हो भन्न नसकिने बताएका छन्। प्राप्त जानकारी तथा केहि प्रत्यक्षदर्शीसँगबाट प्राप्त जानकारीअनुसार उक्त बस्तु उल्कापिण्ड हुन् सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए। 

पाल्पाका मान्छेले उज्यालो चम्किलो बस्तु देखेको भन्नु र बाग्लुङका मान्छेले आवाज सहित चम्किलो बस्तु देखेको बताएका छन, यसलाई आधार मान्दा अहिलेसम्मलाई यो उल्का पिण्ड भएको र यो गण्डक प्रदेश क्षेत्र वा त्यस आसपासमा खसेको अनुमान गर्न सकिन्छ तर यहि नै हो भन्ने ठोकुवा गर्न अहिलेनै मिल्दैनु उनले भने । 

उल्कापिण्डले के हानि गर्छ ?

यदि यो उल्कापिण्ड भएमा यसले खसेको ठाउँमा केहि न केहि क्षति गर्ने अध्यक्ष भट्टराइको भनाई छ। आकाशबाट ७० किलोमिटर प्रति सेकेन्डमा जमिनमा खस्ने उल्कापिण्डले क्षति पुर्याउनु स्वाभाविक भएको उनको भनाई छ। 

उल्कापिण्ड घरमा खसेमा त्यसले धनजनको क्षति हुन सक्ने, जमिनमा खसे खाल्डो पार्न सक्ने र पानि पोखरीमा खसे सुकाईदिन सक्ने भट्टराईले बताए। आज गण्डकी प्रदेशमा देखिएको चम्किलो बस्तुपनि उल्कापिण्ड नै हुन सक्ने उनको भनाई छ। तर यो क्षुद्र ग्रह नभएको उनको दाबि छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.