रसुवा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि नेपाली काँग्रेसको तर्फबाट रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ईन्जिनियर मोहन आचार्यले आफ्नो उत्तरगया गाउँपालिका वडा नम्वर ५ लहरेपौवामा रहेको घर क्वारेन्टाईनका लागि उपलब्ध गराएका छन् ।
कोरोना भाईरसको संक्रमणबाट रसुवाबासी नागरिकलाई जोगाउन स्थानीय तहसंग मिलेर संयुक्त प्रयास गरिरहेका साँसद आचार्यको घरमा बिहिबारबाट २१ बेडको क्वारेन्टाईन तयार भएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्सालले जानकारी दिएका छन् ।
लम्सालका अनुसार गाउँपालिकाले लहरेपौवाको अतिरिक्त वडा नम्वर २ को डाँडागाउँमा पनि १५ बेडको क्वारेन्टाईन तयार गरेको छ ।
रसुवागढी क्षेत्रमा ३०, धुन्चे बजारमा ५०, कालिकास्थानमा ५०, बेत्रावतीमा २०, स्याफ्रुमा १५, थाम्बुचेतमा १५, डाँडागाउँमा १५ र पारच्याङमा १५ शैयाको क्वारेन्टाइन स्थापना हुने रसुवागढी क्षेत्रमा ३०, धुन्चे बजारमा ५०, कालिकास्थानमा ५०, बेत्रावतीमा २०, स्याफ्रुमा १५, थाम्बुचेतमा १५, डाँडागाउँमा १५ र पारच्याङमा १५ शैयाको क्वारेन्टाइन स्थापना हुने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
रसुवामा क्वारेन्टाइन स्थापनाका लागि विभिन्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी र नेपाली सेनाले काम गरिरहेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।