add

रिचार्ज गर्दा शतप्रतिशत बोनस, दुई सयसम्म सापटी लिन पाइने






ActPro Nepal

|

१२ चैत, २०७६

|
830

काठमाडौं । नेपाल दुरसञ्चार  प्राधिकरणले मोवाइल फोन प्रयोगकर्तालाई रिचार्ज गरेजति नै रकम बोनस दिन निर्देशन दिएको छ । 

मंगलबार बसेको प्राधिकरणको संचालक समिति बैंठकले सबै दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।


अहिले कोरोना भाइरसको कारण देश लकडाउन भएको समयमा हरेक ग्राहकलाई केही भएपनि राहत दिन कम्पनीहरुले रिचार्ज बराबर नै बोनस दिन र मोबाइल् प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने प्राधिकरणले भनेको छ।

देश नै लकडाउन भएको समयमा मानिसले एक ठाउँबाट अर्को ठाउँमा पुगेर आफ्नो काम गर्न र आफन्तसँग कुरा गर्न सक्ने अवस्था नभएकाले बोनस र ऋण रकम बढाउन निर्देशन दिइएको हो । हालसम्म त्यस्तो सापटीको सिमा जम्मा ४० रुपैयाँ मात्रै थियो । त्यस्तै, रिचार्ज गर्दा शतप्रतिशत बोनस समेत पाइने भएको छ । प्राधिकरणले आगामी एक महिनाका लागि लागू हुने गरि सापटी र बोनसको व्यवस्था कार्यान्वयन गर्न भनेको प्राधिकारण बताएको छ ।

 

अहिले नेपालमा मुख्यत नेपाल टेलिकम, एनसेल, स्मार्टसेल लगायतका कम्पनीहरुले दुरसंचर सेवा प्रदान गर्दै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.