add

कोरोनाको आशंका गरिएका युवालाई अस्पतालहरुले भर्ना लिएनन्






ActPro Nepal

|

७ चैत, २०७६

|
827

नवलपरासी । नवलपरासीमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन अस्विकार गरेको छ । 

तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका-१६ हकुईका ३५ वर्षीय एक युवालाई परासीदेखि बुटवल र चितवनदेखि काठमाडौंका अस्पतालले समेत भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका हुन्।

परासी, बुटवल, चितवन र काठमाडौंका अस्पतालले भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका हुन् । उनीहरु अहिले नवलपरासीमा छन्  । तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिएर अस्पताल गएका युवालाई स्वास्थ्यकर्मीहरुले समेत छुन नमानेपछि बिरामीका आफन्त आत्तिएका छन् ।

उनलाई सुरुमा परासीको एक क्लिनिकमा लगिएको थियो । त्यहाबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाइएको थियो । त्यहा उपचार नहुने भन्दै उनलाई प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।

प्रादेशिक अस्पताल बुटवलका चिकित्सकले कोरोनाको लक्षण देखिएको भन्दै उनलाई पुरानो मेडिकल कलेज चितवन पठाएका थिए । त्यहाबाट पुनः काठमाडौं पठाइएको थियो ।

रिफर गरेको गर्रै गरिएका उनी कोरोनाको उपचारका लागि तयार पारिएको टेकु अस्पतालसम्म आइपुगेका थिए । तर, त्यहा पनि बेड नभएको भनेपछि र अवस्था गम्भीर बन्दै गएपछि बिरामीका आफन्तले बिहीबार पुनः परासी ल्याएका छन् ।

उनलाई परासी अस्पतालमा राखिएको छ। अस्पतालहरुको गैरजिम्मेवारीका कारण बिरामीको अनाहकमा ज्यान जाने अवस्था बनेको भन्दै बिरामीका आफन्तहरु आक्रोशित भएका छन् ।

उनलाई अस्पतालहरुमा चिकिस्सकले समेत छुन नमानेको, पर पर भागेको अफन्तहरुले बताएका छन् । विरामीको अवस्था चिन्ताजनक रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.