add

सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने, ८ ठाँउमा सुपथ मूल्य पसल






ActPro Nepal

|

६ चैत, २०७६

|
1414

काठमाडौं । कोरोना भाइरसलाई देखाउँदै बजारमा कालोबजारी बढेपछि सरकारले शुक्रबारदेखि अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ ।

राजधानी लगायतको विभिन्न स्थानमा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री बेच्न लागेको हो ।

सरकारले साल्ड ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत उपत्यका र आसपासका ८ ठाउँबाट नुन, तेल, चामल, ग्यास, सेनिटाइजर, मास्क लगायतका समान सुपथ मूल्यमै उपलब्ध गराउन लागेको हो ।

यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् । सरकारले कालीमाटी, कोटेश्वर, सतुंगल, बालाजु चावहिल, भक्तपुर र बनेपामा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउन छ । जावलाखेलमा पनि ललितपुर महानगरपालिकासँग मिलेर त्यस्तो पसल सञ्चालन हुनेछ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका अनुसार देशभा ६ महिनाका लागि आवश्यक खाद्यान्न रहेको छ भने ८ महिनाका लागि पुग्ने औषधी रहेको र औषधीका लागि आवश्यक कच्चा पदार्थ पनि ६ महिनाका लागि मौज्दात रहेको छ । १० महिनाका लागि पुग्ने नुन रहेकाले पनि उपभोक्ता आत्तिनु नपर्ने उनले बताए । ३ महिनाका लागि पुग्ने चीनी सरकारसँग नै रहेको पनि उनले दावी गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.