add

कोरोना देखिएर थप नयाँ संक्रमण नदेखिएको विश्वकै एकमात्र देश नेपाल






ActPro Nepal

|

४ चैत, २०७६

|
867

काठमाडौं ।  चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस भनिने कोभिड–१९ को सङ्क्रमणले अहिले विश्वव्यापी समस्या बन्दै गएको छ । अहिलेसम्म विश्वका एक सय ६२ देशहरुमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

यसका साथै यी सबैमध्ये नेपालमा मात्रै यस्तो देश हो जहाँ कारोना देखिएका शत प्रतिशत बिरामी निको भइसकेका छन् भने थप व्यक्तिमा कोरोना देखिएको छैन । यसको कारण नेपाल नेपाल मात्र हरियो सूचीमा परेको छ ।

विश्वभर अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसको कारण सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को अनुसार ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेका छन् । नेपालमा अहिलेसम्म दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।


कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डाेमिटर ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएकाे र अरु सङ्क्रमित नभएकाे’ उल्लेख गरेको छ ।

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएकाे देश भएकाे हाे ।

कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघि सङ्क्रमण भेटिएका व्यक्तिकाे ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.