add

धनुषामा घरेलु मदिराले ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले जनही तीन लाख दिने






ActPro Nepal

|

३ चैत, २०७६

|
758

जनकपुरधाम ।  विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तीन–तीन लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने भएको छ ।

मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा सोमबार विहान पुगेर पीडित परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

सो अवसरमा उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने भन्दै  प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी दिए । 

रम्दैया पुगेको मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमवार नै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराए । सो वैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारवाहीको प्रक्रिया बढाउने लगायतको विषयमा  निर्णय हुने उनले बताए । 

रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतवार सांसद रघुबीर महासेठले व्यक्तिगत रुपमा प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि २० हजार रुपैयाँ प्रदान गरेका  थिए ।  रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.