काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित फेला परेमा सबै उपचारको जिम्मा सरकारले लिने बताएका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले गरीरहेको तयारीबारे जानकारी दिँदै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा उपत्यकाका ३ वटा अस्पतालमा उपचार गर्ने व्यवस्था गरिएको जनकारी दिएका हुन् ।
उनलेृ भने भने ‘संक्रमण हुनै नदिने सरकारको प्रयत्न हो, यदि संक्रमण फेला पर्यो भने उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ ।’ मन्त्री ढकालले नेपाल आउने विदेशीले १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र नेपाली नागरिकले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने पनि उनले स्पष्ट पारे । उनले कोरोना रोकथामका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै सबैको अविभावकत्व लिन सरकार तयार रहेको स्पष्ट पारे ।
स्वास्थ्य मन्त्री ढकालले कोरोना भाइरसको संक्रमित व्यक्तिको उपचारका लागि देशभरका विभिन्न अस्पतालहरुमा गरी २ सय ३५ वटा आईसीयू व्यवस्थापनको तयारीमा समेत रहेको बताए ।
काठमाडौं उपत्यका भित्र १ सय २० र काठमाडौं उपत्यका बाहिर १ सय १५ गरी २ सय ३५ वटा आईसीयूको व्यवस्थापनमा आफूहरु जुटेको मन्त्री ढकालको भनाइ छ ।
मन्त्री ढकालले हालसम्म ४ सय ६४ जनामा कोरोना भाइरसको परीक्षण गरीएको र ती सबै व्यक्तिको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताए । नेपालमा हालसम्म १ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको र ती व्यक्तिलाई पनि निको भइसकेको मन्त्री ढकालको दाबी छ ।
नेपालमा कोरोनाको संक्रमण भित्रिन नदिन सरकारले बनाएको समितिले हरेक २ दिनमा एकपटक बैठक बस्ने गरेको जानकारी दिए ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस देखिएका राष्ट्रहरुमा ९२ प्रतिशत बिरामी सामान्य अवस्थामा रहेको र ८ प्रतिशत मात्र गम्भिर अवस्थामा रहेको बताए ।
कोरोना भाइरसको संक्रमितको मृत्यु हुनेमा ८० वर्षभन्दा माथिका व्यक्तिहरुमा १४ दशमलब ८ प्रतिशत रहेको मन्त्री ढकालले बताए ।
यस्तै, ७० देखि ७९ वर्षका व्यक्तिमा प्रतिशतमा ८ प्रतिशत, ६० देखि ६९ वर्षका व्यक्तिमा ३ दशमलब ६ प्रतिशत, ५० देखि ६९ वर्षका व्यक्तिमा प्रतिशतमा १ दशमलब ३ प्रतिशत, ४० देखि ४९ वर्षका व्यक्तिमा ० दशमलब ४ प्रतिशत, १० देखि ३९ वर्ष सम्मका व्यक्तिमा ० दशमलब २ प्रतिशतको मृत्यु भएको उनको भनाइ छ । जन्मदेखि ९ वर्ष उमेर समुहका बिरामीको मृत्युदशर निकै कम रहेको मन्त्री ढकालले बताए ।
कोरोनाको विश्वव्यापी अवस्ठाबारे जानकारी दिँदै मन्त्री ढकालले क्यानडाका प्रधानमन्त्रीकी पत्नि, अस्टेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री, इरानका उपराष्ट्रपति र स्वास्थ्यराज्य मन्त्रीमा कोरोनाको संक्रमण देखिएको बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।