add

कोरोना भाइरस नेपालमा पनि देखिन सक्ने भन्दै,सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन






ActPro Nepal

|

२ चैत, २०७६

|
1004

काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध तयारीका लागि परिचालन हुन  सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।

सरकारले कोरोना भाइरस नेपालमा पनि देखिन सक्ने भन्दै सतर्कता र नियन्त्रणको पूर्व तयारीका लागि परिचालन हुन भन्दै सरकारले सीडीओ र जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमणविरुद्धको तयारीबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले सबै रणनीतिहरु बनाएर आवश्यक सावधानी अपनाएको पनि बताए ।

उपत्यकाभित्रका अस्पतालमा एकसय २० र बाहिर एकसय १५ गरी दुईसय १५ आईसीयु बेड थप्न जुटिसकेको उनले जानकारी दिए । त्यसैगरी एकसय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरिएको पनि उनले बताए । 

यस्तै, कोरोना भाइरसको संक्रमणविरुद्धको रणनीति निर्माण तथा कार्यान्वयनमा परिचालन हुने कर्मचारीदेखि स्वास्थ्यकर्मीहरुले भोग्नुपर्ने संभावित जोखिमतर्फ पनि सरकार सचेत रहेको मन्त्री ढकालले जानकारी दिए ।

मन्त्री ढकालले कूटनीतिक बाहेक सबै प्रकारका भिसाहरु स्थगित गरिएको पनि बताए । उनले वैशाख १८ गतेसम्मका लागि विदेशीलाई दिइने भिसा (कूटनीतिक वाहेकको हकमा) स्थगित गरिएको बताए ।

साथै, विदेशबाट आउने नेपालीलाई १४ दिनसम्म होम क्वारेन्टाइन राखिने र होम क्वारेन्टाइनमा रहेन बिरामीहरुलाई ज्वरो नाप्ने उपकरण दिइने मन्त्री ढकालले बताए । कोरोनाको संभावित लक्षण देखिएमा होम क्वारेन्टाइनमा रहेका व्यक्तिलाई तत्काल अस्पताल ल्याउने गरी व्यवस्था मिलाइएको पनि मन्त्री ढकालले बताए ।

यस्तै, नेपाल आउने विदेशीले पनि अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने पनि बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.