रसुवा । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने महामारीलाई मध्यनजर गर्दै रसुवामा हेल्प डेस्कस्थापना गरिएको छ ।
कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि उतरगया गाउपालिका स्वास्थ शाखाले रसुवाको बेत्रावति बजारमा ‘‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।
कोभिड–१९ भाइरस सङक्रमण हुन नदिन जनचेतना मुलक सन्देश प्रवाह गर्न आईतबार सो डेस्क स्थापना गरिएको उतरगया गाउपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिएका छन ।
कोरोना भाईरस(कोभिड–१९) का बारेमा जानकारी दिन र विरामीको पहिचान तथा चेकजाँच‚सवारीसाधनमार्फत रसुवाबाट बाहिरीने र भित्रिने यात्रुहरुलाई कोरोना भाईरसबाट बच्ने उपाय र रोगका लक्षणबारे जानकारी गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको लम्सालले जानकारी दिएका छन ।
उक्त,डेस्कले विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई समन्वय गरी सहयोग गर्नेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।