काठमाडौं । कोरोना महामारी विश्वव्यापी फैलिएको बेला मास्क कालोबजारी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरको टोलीले डल्लुबाट ८ जनालाई मास्कसहित शनिबार पक्राउ गरेको हो। पाँच रुपैयाँ मूल्य पर्ने सर्जिकल मास्कलाई ३५ रुपैयाँमा विक्री गरिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको हो । उनीहरुको गोदाममा छापा मार्दा प्रहरीले ७९ हजार थान मास्क बरामद गरेको हो ।
स्वयम्भू स्थित हरिकृष्ण डंगोल र आनन्दकाजी शाक्यको घरमा छापा मार्दा सो परिणामको मास्क फेला परेको हो ।
पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, निशान तामाङ र मानकाजी लामा, रामेछापका अनिश कार्की, बाजुराका थुमराज उपाध्याय र नृप कार्की, काठमाडौंका उज्ज्वल अधिकारी तथा रामेछापका शिव खड्का छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।