add

कोरोना भाइरसबारे सार्क राष्ट्रका नेतृत्वबीच भिडियो कन्फरेन्स गर्ने मोदीको प्रस्ताव






ActPro Nepal

|

३० फागुन, २०७६

|
830

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबारे सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडियो कन्फरेन्स गर्न प्रस्ताव गरेका छन् ।

शुक्रबार ट्वीट गर्दै मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताएका छन्।

मोदीले आज ट्वीट गर्दै एसियामा विश्वको ठुलो संख्या बस्ने भएकाले यहाँको नागरिकलेलाई स्वस्थ्य राख्न कुनै कसर बाँकी राख्न् नहुने बताए ।

नेपालका प्रधानमन्त्री केपी ओलीले मोदीको प्रस्तावको स्वागत गर्दै त्यसका लागि नेपाल तयार रहेको बताएका छन् । उनले भनेका छन् कोरोना भाइरसविरूद्ध सार्क राष्ट्रको नेतृत्वले बलियो रणनीति बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको म स्वागत गर्छु। मेरो सरकार यो प्राणघातक रोगविरूद्ध लड्न र हाम्रा नागरिकको सुरक्षा गर्न सार्क राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ।

उक्त भिडियो कन्फरेन्स कहिले गर्ने हो भन्ने अझै टुंगो छैन । दक्षिण एसियामा विश्वको ठूलो जनसंख्या बस्ने भएकाले यहाँका नागरिकलाई स्वस्थ राख्न कुनै कसर पनि बाँकी राख्न नहुने मोदीको भनाइ छ।‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ। हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्,‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं।

मोदीको उक्त प्रस्तावको सार्क राष्ट्रका अरू सरकार तथा राष्ट्र प्रमुखहरूले पनि स्वागत गरेका छन्। भुटानका प्रधानमन्त्री माल्दिभ्स र श्रीलंकाका राष्ट्रपतिले पनि ट्वीटरमा मोदीको प्रस्तावको स्वागत गर्दै आफूहरू त्यसका लागि तयार रहेको बताएका छन्।

भारतमा कोरोनको कारण एक जनाको मृत्यु भइसकेको छ । ७५ जनामा संक्रमण देखिएको छ । दक्षिण एसियाली क्षेत्रका ८ मुलुकमध्ये नेपालमा अहिलेसम्म यो भाइरस १ जनामा देखिएको थियो। भाइरस संक्रमित ती व्यक्ति निको भइसकेका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.