add

कपिलवस्तुमा एक महिला माथि तेजाब प्रहार






ActPro Nepal

|

२५ फागुन, २०७६

|
656

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका(१ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ।

तेजाब ड प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन्। गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।

महिलाको निधार र शरीरमा तेजाब लागेको छ। तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ।

वरईले क्रिकेट ब्याड भाचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए। वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन्।

प्रहरीले वरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ।तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन्।उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.