add

दुई हप्ताअघि नेपालबाट अस्ट्रेलिया फर्किएका एकजनामा कोरोना संक्रमण






ActPro Nepal

|

२५ फागुन, २०७६

|
1148

काठमााडौँ । हालै नेपालबाट गएका एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार नेपालबाट दुई हप्ताअघि फर्किएका अन्दाजी २० वर्षका युवामा कोभिड–१९ को संक्रमण भएको हो ।

अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी संक्रमित भएको र उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् । उनी हालै नेपालबाट गएको बताइए पनि अस्ट्रेलियाको स्वास्थ्य निकायले उनको परिचय खुलाएको छैन ।

फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए ।   तास्मानियाको जनस्वास्थ्य सेवाका अधिकारीले नेपालबाट आएका ती युवालाई आइसोलेसनमा बस्न आग्रह गरिएको भए पनि उनले त्यसलाई अस्वीकार गरेका  थिए।  तर बिरामी परेका उनको नमूना परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.