काठमाडौं । ललिता निवासको सरकारी जग्गा अतिक्रमण गरी अनिमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक मुहिनाअघि एक सयभन्दा बढीबिरुद्ध मुद्दा चलायो । दैनिक राज्यको स्रोत साधन प्रयोग गरिरहेका र प्रहरीको सुरक्षा घेरामा रहेका पूर्वमन्त्रीलाई समेत फरार भन्दै अख्तियारले मुद्दा चलाएपछि विशेष अदालत समस्यामा परेको छ ।
प्रतिवादीहरुको घर ठेगाना समेत नखुलाई कतिपयबिरुद्ध मुद्दा चलाएको थियो । उनीहरुको घर ठेगाना खोज्न र अभियुक्तलाई म्याद तामेली गर्न विशेष अदालतलाई अहिले हम्मेहम्मे परिरहेको छ । मुद्दा चलाउँदा अख्तियारले अभियुक्तलाई पनि अदालतमा उपस्थित गराउनु पर्ने प्रावधान छ । तर अख्तियारले सवै प्रतिवादीलाई फरार अभियुक्त भन्दै मुद्दा चलाएको थियो ।
मुद्दा चलाएका सवैलाई अहिले म्याद तामेली गर्न निकै सकस परेको छ । काठमाडौं जिल्ला अदालत मार्फत म्याद तामेली गर्न लागेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । अख्तियारले सवैलाई फरार अभियुक्त बनाएपछि एक जनाको पनि बयान लिइएको छैन ।
अख्तियारले २३ माघमा १५७ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । मुद्दा चलाएको एक महिनासम्म पनि कुनै प्रतिवाद अदालत पुगेका छैनन् । प्रतिवादी अदालत नपुगेपछि उनीहरुको बयान हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफ्नो कर्तब्यबाट बिमुख हुँदा ललिता निवास जग्गा प्रकरणको मुद्दामा समस्या पैदा भएको छ ।
अख्तियार तीन पूर्वमन्त्रीसहित १७५ जनाबिरुद्ध मुद्दा चलाएको थियो । मुद्दा चलाइएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदार प्रहरीको सुरक्षा घेरामा थिए । तर अख्तियारले उनलाई पनि फरार अभियुक्त बनाएको थियो । उनलाई म्याद पठाउन अदालतलाई अहिले समस्या आइपरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।