add

कोरोनाको आशंका गरिएका व्यक्ति भागेर विराटनगर पुगे






ActPro Nepal

|

२२ फागुन, २०७६

|
1139

काठमाडौं । कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन् ।

बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो। तर‚ उनले सो कुरा अटेरी गरिरहेका थिए। त्यसको केही समयपछि अस्पतालबाटै भागेको प्रहरीले जानकारी दिएको छ।

गत मंगलबार कोरियाबाट नेपाल फर्केका ती व्यक्ति बुधबार राती ८ बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान प्लेनमार्फत विराटनगर गएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.