add

मौसम पूर्वानुमान : देशभरको मौसम सफा रहने






ActPro Nepal

|

२० फागुन, २०७६

|
854

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायुको प्रभाव रहेकोले मौसम सफा रहने  जनाएको छ ।

यस्तो छ ३ दिने मौसमको पूर्वानुमान

फागुन २० गते (मंगलबार)

दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको  छ ।

फागुन २१ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २२ गते (बिहिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एकर दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.