काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रम अनुसार यही फागुन २० र २१ गते दुई थरुहट तराई भुगोलका सबै जिल्लाहरुमा आमहड्ताल र चक्काजामको घोषणा गरेको छ । मोर्चाका संयोजक लक्ष्मण थारु हस्ताक्षरित विज्ञप्तीमा फागुन १९ गतेदेखि थरुहट तराई क्षेत्रहरुमा मसाल जुलुस निकाल्ने उल्लेख छ ।
थरुहट आन्दोलनका माग मुद्धाहरु तथा सरकारले थरुहट आन्दोलनकर्मीहरुसंग गरेको सहमति सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जान बाध्य भएको संयोजक लक्ष्मण थारुले बताए । वर्तमान राजनीतिक परिस्थिति र अवस्थामा मोर्चाका चौध बुँदे माग मुद्धाहरु पुरा गराउनका लागि सडक, सदन र सरकारमा सशक्त दवाब सिर्जना गर्न शान्तिपूर्ण सशक्त संघर्षको विकल्प नरहेकाले आमहड्तालको कार्यक्रम गर्न बाध्य भएको संयोजक थारुले बताए ।
यस्तै मोर्चाले थरुहट तराईका भुगोल बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने षड्यन्त्र भइरहेको भन्दै त्यस्तो कार्य किमार्थ स्वीकार्य नहुने मोर्चाले स्पष्ट पारेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।