काठमाडौं-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भू(भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन १९ गते (सोमबार)
दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
फागुन २० गते (मंगलबार)
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
फागुन २१ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।