add

नेपालमा वार्षिक ४५ अर्बको औषधि खपत, ४८ प्रतिशत भारतकै भर






ActPro Nepal

|

१८ फागुन, २०७६

|
1114

काठमाडौं । नेपालमा वार्षिक ४५ अर्ब रुपैयाँभन्दा बढीको औषधि खपत हुने गरेको । औषधि व्यवस्थापन विभागको अनुसार यसरी खपत हुने औषधीको करीब ५५ प्रतिशत बजार हिस्सा विदेशी औषधिले ओगट्ने गरेको छ ।


नेपालमा औषधिको उत्पादन बढ्दो क्रममा रहे पनि खपत हुने औषधिको आयात विदेशबाटै बढी भएको छ । नेपालमा आयात हुने औषधिमध्ये ४८ प्रतिशत भारतीय रहेका छन् ।

नेपालमा औषधि उत्पादनको अनुपात बढे पनि आयातको अनुपात भने घट्न सकेको छैन । आयातको अनुपात बढ्दा नेपाली उत्पादनको बजारीकरण ४० देखि ४५ कै हाराहारीमा कायम रहेको छ । जटिल तथा घातक खालका रोगका लागि आवश्यक पर्ने औषधिमा भने परनिर्भर हुनुपर्ने बाध्यता छ ।

नेपाली उद्योगले विशेष गरी सामान्य (जनरल) औषधिहरू उत्पादन गर्छन् । भिटामिनका क्याप्सुल, झोल, चक्की, पाउडर, मल्हम लगायतका औषधिहरू उत्पादन गर्ने गरेका छन् ।

नेपाली उद्योगहरुले मुख्य रुपमा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्छ । विश्वका प्रमुख औषधि उत्पादक मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा छ ।

 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.