add

पानी नआउँदै भत्कियो मेलम्चीका पाइपलाइन,हालसम्म १५ अर्ब रुपैयाँ खर्च






ActPro Nepal

|

१६ फागुन, २०७६

|
800

काठमाडौं । भौतिक निर्माणका क्रममा मेलम्ची खानेपानीका ३० किलोमिटर पाइमा क्षति पुगेको छ । खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले १६ करोड रुपैयाँ बराबरका मेलम्ची खानेपानीका पाइपहरुमा क्षति पुगेको बताए ।

क्षति पुगेका स्थानहरुमा पुनः पाइप राख्नका लागि अर्थमन्त्रालयले बजेट दिने भएपछि काम सुरु भएको हो । मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा हालसम्म १४ देखि १५ अर्ब रुपैयाँ खर्च भइसकेको अनुमान गरिएको छ ।

चक्रपथ विस्तारका क्रममा कंलङकीको सीता पेट्रोल पम्प भएको स्थानमा ९६० मिटर पाइपमा क्षति पुगेको उनले बताए । सो स्थानमा सडक विस्तारको क्रममा पाइपहरु निकालेर यत्रतत्र फ्याकिँएको अवस्थामा पाइएको हो । उपत्यका भित्र धेरै जसो स्थानमा मेलम्चीका पाइपहरुमा अधिक मात्रामा क्षति पुगेको उनले दाबी गरेका छन् ।

मेलम्ची आनेपानी आयोजना शुरु भएको १७ वर्ष नाघिसकेको छ । सन् २००१ मा शुरु भएको योजना कहिले ठेकदार त कहिले के कारण अल्झिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना रहेको छ । काठमाडौंको सडकहरु विभिन्न खालका भएको र पाइप लाइन विछ्याउँदा ७ किसिमको पाइप बिछ्याइने गर्छ ।२०४७ साल ताका परिकल्पना गरिएको यो आयोजना २०७६ सालमा आइपुग्दा समेत पूरा हुन सकेको छैन । विभिन्न समयमा आयोजना पूरा गर्ने मिति तोकिँदै आए पनि आयोजनाले पूर्णता पाएको छैन ।

आयोजना शुरु भए पश्चात् दुई निर्माण कम्पनीले सम्पन्न गर्न नसकेपछि हाल यो काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सुम्पिइएको हो । 

सिनो हाइड्रोले २०७६ असोज २४ मा ‘हेडवर्कस’ निर्माणको ठेक्का सम्झौता गरी सोको निर्माण कार्य शुरु गरेको छ । चालू आवका लागि मेलम्चीमा ७ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 विभिन्न समयमा निर्माण पूरा गर्ने मिति तोकिए पनि हालसम्म तोकिएको मितिमा मेलम्ची खानेपानीको काम सम्पन्न हुन सकेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.