तेह्रथुम , ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आउने भएपछि तेह्रथुमको आठराइ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
प्रधानमन्त्री आफ्नो जन्मदिनलाई विशेष बनाउन पुर्ख्यौली घर आफू जन्मेकै स्थान तेह्रथुम आठराई जाँदैछन् ।
उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।
साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए । जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु ९ताप्लेजुङ९ जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।