काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गमा ट्रक दुर्घटना भएको छ ।
दुर्घटनामा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकरको मृत्यु भएको छ ।
गजुरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । सप्तरी घर भएका सहचालक १८ वर्षीय राजेश विक घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।
आइतबार बिहान सिमेन्ट बोकेर आइरहेको ना ५ ख ३७७७ नं.को ट्रकको टायर पड्किएर (अनियन्त्रित भएर) त्रिशुली नदीमा खसेको हो । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीलले जानकारी दिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।