add

दक्षिण कोरियामा नोवेल कोरोना प्रकोपको महामारि, संक्रमितको सङ्ख्या दोबर पुग्यो






ActPro Nepal

|

११ फागुन, २०७६

|
1087

एजेन्सी-दक्षिण कोरियामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या एक दिनमा दोब्बर बढेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन्।

शुक्रबारयता २०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा शनिबार संक्रमितको संख्या २२९ ले बढेर ४३३ पुगेको छ।

कोरिया उपस्वास्थ्यमन्त्री किम ग्यांग–लिपले कोरोनाको प्रकोप ‘गम्भीर चरण’ मा प्रवेश गरेको बताएका छन्।

संक्रमित हुनेहरु अधिकांश दक्षिण कोरियाको दक्षिण–पूर्वी शहर डेइगूका हुन् । सो क्षेत्रको एक अस्पताल तथा धार्मिक समूहमा रहेका मानिसमा संक्रमण भएको हो । अहिलेसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसका कारण दुईजनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

डेइगु र अस्पताल रहेको चोङ्डू शहरलाई दक्षिण कोरिया सरकारले ‘स्पेशल केयर जोन’ घोषणा गरेको छ । डेइगू क्षेत्रको बाटो प्रयोग नगर्न सुझाव समेत दिइएको छ ।

चीन बाहिर सबैभन्दा धेरै मानिसमा कोभिड–१९ को संक्रमण भएको देश दक्षिण कोरिया बनेको छ।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २३ सय ४५ जनाको मृत्यु भइरसकेको छ । चीनमा पछिल्लो केही दिनयता नयाँ संक्रमणको दर केही कम भएको छ ।

यस्तै जापानमा क्वारेन्टाइनमा राखिएको डायमण्ड प्रिन्सेज क्रुज सिपमा रहेका मध्ये ६०० जना भन्दा बढीमा कोभिड–१९ को संक्रमण भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.