add

बिजुलीको नयाँ महशुलदर तोक्ने तयारी, १० युनिटसम्म निःशुल्क






ActPro Nepal

|

७ फागुन, २०७६

|
1280

काठमाडौं, ७ फागुन । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको नयाँ महशुल तोक्ने तयारी थालेको छ । 

उपभोक्तालाई बढीभन्दा बढी विद्युत् खपत गर्न प्रोत्साहन गर्ने भन्दै  नयाँ महशुलदर  प्रस्ताव गरेको हो । पहिलोपटक बढीभन्दा बढी बिजुली उपयोग गराउने रणनीति बनाएर महशुल दर प्रस्तावमा प्राधिकरण पुगेको हो । तीन वर्ष अगाडिसम्म कसरी कम बिजुली खपत गर्ने भन्ने चिन्तामा रहेको थियो । 

साना उपभोक्तालाई १० युनिटसम्म निःशुल्क गरेर ११ युनिटदेखि माथि नयाँ महशुल तोक्ने तयारी रहेको स्रोतले जनाएको छ । 

थ्रि  फेज र सामुदायिक खानेपानी आयोजनाहरुको विद्युत महशुलदर पनि घटाउन प्रस्ताव गरिएको छ । 

हाल डेडिकेटेड लाइनमा ६५ प्रतिशतसम्म अतिरित्त  शुल्क लिंदै आएकोमा यसलाई घटाएर २०  प्रतिशतमा झार्ने प्रस्ताव प्राधिकरणको छ । हाल प्राधिकरणले ५, १५, ३० र ६० एम्पियरको वर्गमा ग्राहकलाई विभाजन गरेर त्यसमा ७ वटा स्ल्याब राखी महशुल उठाउँदै आएको छ ।  अहिले २८ किसिमबाट मूल्य हिसाव गरेर बिलिङ गरिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.