add

गोठबाटै भैँसी चाेरेकाे आराेपमा दुई जना पक्राउ






ActPro Nepal

|

७ फागुन, २०७६

|
1457

स्याङ्जा – भैँसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका २ का २४ वर्षीय अजमत अलि र २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।

उनीहरुले ग १ ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

भिरकोट नगरपालिकाका तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट २ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चोरी भएको थियो ।

पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । यस क्रममा अलि द्वयलाई जिपसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने भन्दै सो नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.