add

साइबर सुरक्षा निकायले क्रोम ब्राउजरलाई सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दियो !






ActPro Nepal

|

६ फागुन, २०७६

|
1191

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ।

अहिले ८० प्रतिशत जति ब्राउजर हिस्सा कब्जा गर्न सफल क्रोम ब्राउजरमा आवश्यक पर्ने जति सुरक्षाका फिचर नहुनाले अधिकांस इन्टरनेट प्रयोगकर्ताहरू असुरक्षित रहेका छन् ।

हालसालै गुगलले आफ्नो वेब स्टोरबाट ५ सय खतरनाक एक्सटेन्शनलाई हटाएको छ । यी क्रोम एक्सटेन्शनहरुले अट्याकरहरुका लागि ब्राउजर डाटा चोरी गर्ने टूलको रुपमा काम गर्दै आएका थिए ।

यी एक्सटेन्शन्स माल्भटाइजिग र एड फ्रड कम्पनीको हिस्सा थिए । गुगल क्रोमको वेब स्टोरमा जनवरी २०१९ देखि रहेका ती एक्सटेन्शनहरु सन् २०१७ देखि नै सक्रिय हुँदै आएका थिए ।

सिस्कोको डुओ सेक्योरिटी र सेक्योरिटी रिसर्चर जमीला कायाले गरेको संयुक्त अनुसन्धानमा यी एक्सटेन्शनहरुमध्ये ७० क्रोम एक्सटेन्सनहरु १७ लाख प्रयोगकर्ताले इन्सटल गरेको पाइएको छ ।

लगत्तै सिस्कोले यसको जानकारी गुगललाई दिएको थियो । यससँगै पछि ४३० अरु खतरनाक एक्सटेन्सनहरु पनि पाएको थियो ।  हाल यी सबैलाई डिएक्टिभेट गरिदिएको छ ।

इन्टरनेटमा आफ्नो सुरक्षा रुचाउनेले गुगल क्रोमको सट्टा फायरफक्स ब्राउजर प्रयोग गर्नु उचित हुने निष्कर्ष  बि एस आइ  ले निकालेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.