add

एसीसी इस्टर्न रिजन टी-२० कप क्रिकेटका लागि नेपाली टोली घोषणा : सूचीसहित






ActPro Nepal

|

१८ माघ, २०७६

|
818

काठमाडौं -  थाइल्याण्डमा आयोजना हुने एसीसी इस्र्टन रिजन मेन्स टी २० कप क्रिकेटका लागि नेपाल क्रिकेट संघले १८ खेलाडीको नामावली सार्वजनिक गरेको छ ।

जसमा युवा खेलाडीहरु शेर मल्ल, किशोर महतो र लोकेश बमले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् । शेर स्पिनर हुन् भने किशोर फास्ट बलर हुन् ।

थाइल्याण्डमा फेब्रेवरी २९ देखि मार्च ६ तारिखसम्म हुने प्रतियोगितामा नेपाल समुह ए मा छ ।  जसमा नेपालले प्रतियोगिताको पहिलो खेल म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी थाइल्याण्ड छ भने तेस्रो खेल मलेसियासँग खेल्नेछ ।  

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान),पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दिप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकश बम, शेर मल्ल, कमलसिंह ऐरी, रोहित पौडेल छन ।

प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसीसी एसिया कपमा स्थान बनाउने छ ।

छनोट भएका १८ खेलाडीको सूचीमा रहेका सुवास खकुरेल अटाएनन् । यहि सूचीबाट क्यानले १४ खेलाडी छनोट गर्नेछ । सोमपाल कामी सो बेलासम्मपनि ठीक नहुने भएकाले टिममा राखिएको छैन । उनी भिटामिन डी को कमिका कारण हाल पुर्ण रूपमा फिट छैनन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.