काठमाडौं । महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ ।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाविरुद्ध एक महिलाले यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन् ।
सचिवस्तरीय बैठकले बिहीबार उनलाई निलम्बनको निर्णय गरेको गृहप्रवक्ता केदारनाथ शर्माले बताए ।
ती महिलाले गृहमन्त्री रामबहादुर थापा (बादल) गृहसचिव प्रेमकुमार राईलगायतलाई भेटेर एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको गुनासो सुनाएकी थिइन् ।
राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।