add

आजबाट १५ दिनका लागि रसुवागढी नाका बन्द






ActPro Nepal

|

१५ माघ, २०७६

|
1110

उत्तरी रसुवाको रसुवागढी नाका  नाका आजबाट १५ दिनका लागि बन्द गरिने भएको छ। 

मंगलबार रसुवागढीमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले आजबाट नाका बन्द गर्ने निर्णय गरेको हो।

दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न केरुङ तर्फ जाने सडकमा हिउँ परेको हुनाले र ढुङ्गाहरु खस्ने भएका कारण दुर्घटना हुने सम्भावना रहेको र ल्होसार पर्वको कारणले नाका बन्द गरिएको शसस्त्र प्रहरी सिमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्षमण थापाले बताउनु भयो ।


नेपालमा  एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन सरकारले सक्रियता देखाएको छ ।

काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाइएको छ ।

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसैघण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.