चिनियाँ राष्ट्रपति विद्या भण्डारीले सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै भिडियोमार्फत जनवरी २५ देखि १५ दिनसम्म चीनले मनाउँदै आएको नयाँ वर्षको शुभकामना सन्देश पठाएकी छन् ।
राष्ट्रपतिले भिडियो मार्फत शुभकामना सन्देश पठाएको यो पहिलो हो । नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छन ।टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । यसको चिनियाँ भाषानुवाद नेपालस्थित चिनियाँ रेडियो इन्टरनेसनल (सीआरआई) का लागि नेपालबाट काम गर्ने वर्षा (झाङ यूइ)ले गरेकी छन् ।
राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।