काठमाडौं । मकवानपुरको दामनस्थित एक रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।
मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएर काठमाडौं उपचारमा ल्याइएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका आठै जनाको मृत्यु भएको ह्याम्स अस्पतालमा ल्याईएको थियो ।
उनीहरुले दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका थिए । उनीहरु आठै जना एउटै कोठामा सुतेका थिए । १५ जनाको समूह दामन घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।