add

नेपालकै पहिलो किवी वाइन प्रति उपभोक्ता चासो बढ्दै






ActPro Nepal

|

७ पुष, २०७७

|
1245

काठमाडौं । माउन्ट एभरेष्ट वाइनरी प्रा.लि.ले फलफूलको राजा मानिने किवीको वाइन पहिलो पटक  नेपाली बजारमा ल्याएको छ ।

किवीको बजार विस्तारका लागि धनकुटाको राजारानीमा उत्पादित ‘वाइन फ्याक्ट्री’ले आफ्नो उत्पादन काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा बिक्री वितरण सुरु गरेको कम्पनीका सिनियर सेल्स अफिसर सरोज प्याकुरेलले जानकारी गराए । 

माउन्ट एभरेष्ट वाइनरी प्रा.लि.ले उत्पदन गरेको यस प्रडक्टले छोटो समयमा नै नेपाली वाइन पारखिहरुको मन जित्न सफल भएको प्याकुरेल बताउछन।

हाल यस उद्योगले ‘प्रिन्सेस’ रेड वाइन र ‘प्रिन्सेस’ ह्वाइट वाइन गरी २ भेराइटीमा आफ्ना प्रडक्ट उत्पादन गरिरहेको छ ।

किवीको औषधीय गुण

– किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ। जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ 

– किवीमा क्यालोरिको मात्रा प्रसस्त हुन्छ। त्यसैले यसको नियमित सेबन सेवन गर्दा क्यान्सरजस्तो रोगबाट बचाउनका लागि पनि सहयोग पुर्याउछ।

– यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ। छालासम्बन्धि विभिन्न रोगबाट पनि बचाउँछ।

– यसले आँखालाई समेत तन्दुरस्त राख्न भूमिका खेल्छ। यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ।

– किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ।

– यसले मुटु रोगको सम्भावनालाई समेत कम गर्छ।

–तौल घटाउने प्रयासमा हुनुहुन्छ भने किवीको नियमित सेवन गरौं।

– किवीले अनिद्राको समस्या समधान गर्नमा पनि अहम भूमिका खेल्छ।

– यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भवती महिलाहरुको लागि निकै उपयोगी हुन्छ।

– किवीले पाचन प्रक्रियामा पनि महत्वपूर्ण भुमिका निर्वाह गर्छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.