add

कार्पेट र म्याट्रेस उत्पादन क्षेत्रका अग्रणी व्यक्तित्व हेमराज ढकाल






ActPro Nepal

|

२१ कार्तिक, २०७९

|
758

हेमराज ढकाल, अध्यक्ष, हेरिटेज ग्रुप अफ कम्पनी

हेमराज ढकाल औद्योगिक एवं व्यावसायिक क्षेत्रमा क्रियाशिल एक परिचित व्यक्ति हुनुहुन्छ । हाल ऊहाँ मूलतः फर्निसिङ क्षेत्र अन्तरगत नन ओभन कार्पेट, म्याट्रेस लगायतका वस्तुहरुको उत्पादनमा र कृषि अन्तरगत चिया र रवर उत्पादन कार्यमा संलग्न रहँदै आउनुभएको छ । हेरिटेज ब्राण्डमा विभिन्न उत्पादनमूलक उद्योगहरु सञ्चालन गर्दै आउनुभएका ढकालले हाल आफू मातहतका विभिन्न कम्पनीहरुमा गरी करिव ६०० व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउँदै आउनुभएको छ । आफ्नो व्यावसायिक यात्राको शुरुवात देखि नै ढकाल उत्पादनमूलक उद्योग तर्फ नै केन्द्रित हुँदै आउनुभएको छ । नेपाल आयातमुखी बन्दै गएको र यसले मुलुकलाई दिगो समाधान नदिने विषयमा चिन्तित ढकाल राज्य पक्षले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सृजनामा प्रयाप्त पहल गर्न नसक्दा हाम्रो अवस्था कमजोर बन्दै गएको बताउनुहुन्छ । स्वदेशमा नै उद्योग स्थापना गरी त्यहाँबाट उत्पादित वस्तुहरु पहिलो चरणमा आन्तरिक खपत गरी आयात प्रतिस्थापन गर्नुपर्ने र उत्पादन वृद्धि एवं लागतमा कमी ल्याउँदै बाह्य बजारमा समेत त्यस्ता उत्पादनहरु निर्यात गर्नसके मुलुकको अर्थतन्त्र दिगो बन्न सक्ने ढकालको धारणा छ । आफू पनि सोही मान्यताले नै शुरु देखि नै उत्पादनमूलक क्षेत्र तर्फ नै संलग्न रहँदै आएको ढकाल बताउनुहुन्छ ।

व्यावसायिक शुरुवात

भोजपुरमा जन्मिएर झापामा बसोबास गर्दै आउनुभएका ढकालले उच्च शिक्षा अध्ययनको लागि जापान गएको समयमा त्यहीँबाट आफ्नो व्यवसाय शुरुवात गर्नुभएको हो । केही बर्ष जापानमा रही अटोमोबाइल क्षेत्रको व्यापारमा संलग्न भएपश्चात् ढकाल नेपालमा नै आएर आफ्नै व्यवसाय शुरुवात गर्नुभयो । ढकालले नेपालमा आएपश्चात् जुन व्यवसायलाई आफ्नो पहिलो व्यवसायको रुपमा अपनाउनुभएको थियो, अहिले पनि त्यही व्यवसायलाई नै निरन्तरता दिँदै आउनुभएको छ ।

नेपालमा म्याट्रेस व्यवसायको शुरुवात एवं व्यवसाय विस्तार गर्ने श्रेय हेमराज ढकाललाई नै जान्छ । अहिले भने म्याट्रेस व्यवसायमा थुप्रै व्यवसायीहरु भित्रिइसकेका छन् । लगानी बढेको छ । जसले गर्दा प्रतिष्पर्धा समेच उच्च बन्न पुगेको छ । यद्यपि विगतमा नेपालको लागि आवश्यक पर्ने म्याट्रेसको ठूलो हिस्सा बाह्य बजारबाट नै आयात हुँदै आएकोमा अहिले स्वदेशी उत्पादनले ठूलो हिस्सा ओगटेको र करिब म्याट्रेस उत्पादनमा आत्मनिर्भर भएको अवस्था छ । यसलाई आफूहरुको निरन्तर प्रयाशबाट प्राप्त एउटा ठूलो उपलब्धि ठान्नुहुन्छ ढकाल ।

व्यवसायको शुरुवाती अनुभव

ढकालले नेपालमा म्याट्रेस व्यवसाय शुरुवात गर्ने समयमा नेपालमा उत्पादन हुँदैनथ्यो । यसैकारण शुरुवाती दिनमा ढकालले बाह्य बजारबाट नै म्याट्रेस आयात गरी स्वदेशी बजारमा बिक्री गर्नुपर्ने बाध्यता थियो । त्यतिबेला भारतबाट हेरिटेज ब्राण्डको म्याट्रेस नेपालमा आयात गर्नुभएका ढकाल आफैंले म्याट्रेस उत्पादन गर्ने समयमा पनि सोही ब्राण्डबाटै आफ्नो व्यवसायको प्रवद्र्धन गर्दै अघी बढ्नुभयो ।

शुरुवातमा जनचेतना अभिवृद्धि नै ठूलो चुनौती

नेपालमा म्याट्रेसको बारेमा केही सीमित व्यक्तिहरु बाहेक अधिकांश समुदाय अनविज्ञ रहेको समयमा नेपालमा व्यावसायिक प्रयोजनले म्याट्रेस भित्र्याउनु आफैंमा ठूलो चुनौती थियो । त्यस कार्यमा ठूलै जोखिम पनि वहन गर्नुपथ्र्यो । बजार विस्तार गर्नमा भन्दा पनि उपभोक्तालाई म्याट्रेसको महत्व बुझाउनकै लागि ठूलो मेहनत गर्नुपथ्र्यो । त्यस स्थितिबाट थुप्रै चुनौतीहरु पार गर्दै ढकाल अगाडि बढ्नुभयो । नेपाली बजारमा म्याट्रेसबारे. मानिसहरुलाई सुुसुचित गर्नको लागि शुरुका दिनमा निकै मेहनत गर्नुपरेको ढकाल सम्झनुहुन्छ । त्यही मेहनत नै अहिलेको सफलताको आधार बनेको ढकालको बुझाई छ ।

उत्पादनमूलक क्षेत्रमा आकर्षित हुनुको कारण

आयातलाई प्रतिस्थापन गर्दै कम्तीमा आन्तरिक उपभोग स्वदेशी उत्पादनबाट नै परिपुर्ति गर्नसके त्यो राष्ट्रको लागि दीर्घकालिन रुपमा ठूलो उपलब्धि हुन सक्छ भन्ने मान्यता राख्ने ढकाल ट्रेडिङले मुलुकको हित हुन नसक्ने कुरामा जोड दिनुहुन्छ । उत्पादन कार्यमा संलग्न हुनको लागि शुरुमा अलि महँगो पर्ने र यसबाट लाभ लिन लामै समय पर्खनुपर्ने भएपनि उद्योग क्षेत्र दिगो मान्यताले स्थापना हुने भएकोले राज्य पक्षले आयात र टेडिङलाई भन्दा पनि उत्पादन क्षेत्रमा लगानी आकर्षित गर्न राज्यले उचित नीतिगत पहल गर्नुपर्ने ढकाल बताउनुहुन्छ ।

व्यावसायिक शुरुवात

भोजपुरमा जन्मिएर झापा हुँदै जापान पुगेर व्यवसाय शुरु गर्नुभएका ढकाललाई नेपालमै फर्केर यहाँकै भूमिमा काम गर्ने चाहनाले नै पुनः नेपालमै फर्काएको हो । नेपालमा आएपश्चात् यहाँको बजार आवश्यकता र भावी सम्भावना विचार गर्दा समेत म्याट्रेसले राम्रो बजार कभरेज गर्न सक्ने ठानेर नै ढकालले म्याट्रेस व्यवसायमार्फत व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुभएको हो ।

म्याट्रेस र कार्पेटको अहिलेको अवस्था

अहिले नेपाली बजारमा बार्षिक करिब १० अर्ब बराबरको म्याटेसको कारोबार भइरहेको हुन सक्ने ढकालको अनुमान छ । पछिल्ला बर्षहरुमा बोर्डर क्षेत्रमा खुलेका म्याट्रेस उत्पादक कम्पनीहरुको लागत कम पर्ने र ती कम्पनीहरुलाई साफ्टा अन्तरगत भारतबाट साढे ११ प्रतिशत भन्सार दरमा नेपालमा तयारी म्याट्रेस भित्र्याउन पाउने सुविधा आफूहरुको लागि ठूलो चुनौतीको विषय बनेको ढकाल बताउनुहुन्छ । नेपालमा अन्य देशहरुबाट तयारी म्याट्रेस भित्र्याउने अवस्थामा भने भन्सार दर ४० प्रतिशत लाग्ने गर्छ । अहिले नेपाली बजारमा नन ओभन कार्पेटको आयात तुलनात्मक रुपमा निकै कम रहेपनि यहाँ भित्रिने म्याट्रेसको परिमाण ठूलो रहेकोले त्यसलाई घटाउन जरुरी रहेको ढकालको धारणा छ ।

अढाई दर्जन कम्पनीहरु सञ्चालनमा

अहिले नेपालमा म्याट्रेस तथा फोम लगायतका फर्निसिङ सामानहरु उत्पादन गर्नको लागि नेपालमा ५ ओटा ठूला र अन्य तुलनात्मक रुपमा सानो लगानी क्षमताका करिब २ दर्जन उद्योगहरु सञ्चालनमा रहेका छन् । जसले गर्दा बजार समेत निकै प्रतिष्पर्धी बन्दै गएको छ । नेपालमा आफूले शुरुवात गरेको क्षेत्रको दायरा अहिले यसरी विस्तार हुँदै गएको र हेरिटेज कार्पेट एवं म्याट्रेस उत्पादनको कारण आफ्नो पृथक सामाजिक प्रतिष्ठा समेत कायम हुन सकेकोमा ढकाल गौरव महसुस गर्नुहुन्छ ।

हेरिटेज कार्पेटको बजार उपस्थिति

नेपालमा पछिल्ला दिनहरुमा कार्पेट तथा म्याट्रेस लगायतका सामानहरुको उपयोग बढ्दो छ । सोहीबमोजिम ढकाल नेतृत्वमा हेरिटेज कम्पनीबाट उत्पादन हुने वस्तुहरुको बजार हिस्सा समेत हरेक बर्ष बढ्दो छ । बार्षिक २० देखि २५ प्रतिशतको दरले बजार हिस्सा वृद्धि हुँदै गइरहेको कम्पनीका अध्यक्ष हेमराज ढकाल बताउनुहुन्छ ।

अहिले नेपालमा स्वदेशी म्याट्रेस, कार्पेट र फोमको बजार हिस्सा निकै ठूलो भइसकेको छ । नेपाल सरकारले कर लगायतका नीतिगत विषयहरुमा समयानुकुल सहजीकरण गर्न सकेको खण्डमा नेपालमा म्याट्रेस एवं कार्पेटको उत्पादन अझ बढाउन सकिन्छ । साथै सोही बमोजिम स्वदेशी उत्पादनको हिस्सा समेत अझ थप वृद्धि हुन सक्छ । यद्यपि आयात प्रतिस्थापन गर्दै अहिलेको अवस्थामा आइपुग्नुलाई पनि आत्मनिर्भर नै मान्नुपर्ने ढकालको धारणा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.