सत् गुरु गोरक्षनाथबाट आशीर्वाद प्राप्त नेपाल राज्य प्राकृतिक सौन्दर्यता र जैविक विविधताले भरिपूर्ण अत्यन्तै सुन्दर मुलुक हो । सगरमाथाको देश बुद्धको देश भनेर त सारा संसारलाई थाहा छ तर वैदिक सनातन धर्मको उद्गमस्थल, चार वेदका रचयिता वेदव्यास ऋषिको जन्मभूमि, पवित्र गंगाको मुहान, ऋषिमुनिहरुको तपोभूमि भनेर चाँही कमै मानिसहरुलाई अवगत छ । स्वर्गभूमि नेपाल, वेद, तन्त्र, योग, ध्यान, ज्योतिष, आयुर्वेद, बास्तुशास्त्र र संगीत सुरुवात भएको ठाउँ भएको हुँदा योग ध्यानमा रुची राख्ने जो कोहीलाई पनि नेपालमा आएर योग ध्यानको अभ्यास गर्न पाउनु बिछट्टै गर्भको विषय हो । धेरै पछि मात्र भारतीयहरुले हाम्रो वैदिक संस्कृति र परम्परालाई सिको गरे । तपोभूमि नेपालमा आएर प्राप्त पवित्र ज्ञान बाँड्दै हिड्ने ती भारतीय योगीहरुलाई धन्यवाद दिनै पर्छ ।
प्रत्येक मानिस यो संसारमा खुसी, शान्ति र आनन्दको खोजीमा छन् र निरन्तर मृगतृष्णामा दौडिरहेका छन् । तर उनीहरु प्रकृतिको धर्म विपरीतको जीवनशैली र परमपिता सत्गुरु गोरखनाथ बाबासँग सम्पर्क हुन नसकेको कारणले तड्पिनु परेको कुरा चाँही कति पनि हेक्का छन । ज्ञानको प्रकाशले मात्र अहं, घमण्ड, डर, काम, क्रोध, लोभ मोहको अन्धकारलाई हटाउन सक्छ । र, उक्त ज्ञान, योग र ध्यानबाट मात्र प्राप्त हुने कुरा कत्तिपनि थाहा छैन । स्वास्थ्य नै खुसी हो भन्ने कुरा चाँही थाहा छ तर स्वस्थ जीवन भनेको शरीर र मन र आत्माको तीनै चिजकोे अपरिहार्यताको बारेमा भने थाहा छैन । योग धयानले भौतिक र आध्यात्मिक जीवनमा सन्तुलन ल्याउँछ र शरीर, मन र आत्मालाई कसरी शुद्धिकरण भने भन्ने कुरा सिकाउँछ । त्यसैले पवित्र ज्ञान नबुझेको र सत्मार्गमा हिड्न नजानेको तथाकथित सभ्य समाजबाट शान्ति र सहिष्णुताको अपेक्षा अर्थहीन हुन्छ ।
आमा प्रकृतिसँगको अथक संघर्ष पश्चात योगी पञ्चबेदीले सौन्दर्यता र आनन्दको रहस्य थाहा पाउनुभयो । ९९९ दिनको लामो योग ध्यानबाट प्राप्त ज्ञान बाँड्ने उद्देश्ले नागपञ्चमीदेखि आमा प्रकृतिको काखमा तुशीतानेपाल योगालय स्थापना गर्नुभएको छ । जीवन र जगत बुझ्न चाहाने र सुन्दर नेपालको परिकल्पना गर्नु हुने जो कोही नेपाल आमाका सन्तानहरुलाई स्वागत गर्दछ, तुशीता नेपालले । प्रस्तुत छ, तुशीता नेपालमा बस्नु हुने शान्तिक दुूत योगी पञ्चबेदी सँग लिएको अन्तर्वार्ताको केही झलकहरु :
सर्वप्रथम हामीले यो बुझ्नु जरुरी छ कि योग शब्द संस्कृत नेपाली शब्द हो जसको अर्थ हुन्छ ‘जोड्नु’ । आज सम्म पनि गणितिय जोडलाई योग भनेर विद्यालयमा पढाइन्छ । अतः यो शब्दको शाब्दिक अर्थ “हाम्रो सुक्ष्म आत्माको प्रकाशलाई ईश्वरीय प्रकाश सँग जोडनु” भन्ने अर्थ हुन्छ । वर्तमान मानव सभ्यतामा करिब २८००० वर्ष अघिदेखि योग ध्यान गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । धेरै समयपछि, ३५०० वर्ष अघि सिन्धु घाँटीमा बसोवास गरेका आर्यहरुको संस्कृति सिकेर भारतीय हिन्दुहरुले पनि योग ध्यान गर्न थालेका हुन । अझ भनौ नेपालको हिमालय काखमा, (भगवान ऋषिकेशको जन्मस्थल रुरु क्षेत्रको ऋषिकेशमा) आई योग ध्यानबाट प्राप्त ज्ञानलाई भारतीय योगीहरुले पश्चिममा फैलाएका हुन् ।
गुरु गोरक्षनाथले मानव सृष्टि सँगै हठ योग–ध्यान सिकाउनु भयो । ईश्वर प्राप्तीको एक मात्र सुमार्ग योग ध्यान हो र यो अनुशासित, स्वस्थ र अर्थपूर्ण जीवन जीउनको लागि अपरिहार्य छ । खुसी र शान्तिको मुल मन्त्र भनेको योग –ध्यान मात्र हो । हठ योगको नियमित अभ्यासले शरिर –मन– आत्मालाई शुद्ध पार्दछ, सकारात्मक सोचको विकास गराउदछ, सत मार्ग र सतकर्मको बाटो देखाउदछ , अन्तत्वगत्व चेतनाको अभिबृद्धि भै सन्तोष, शान्ति र आनन्द दिलाउँदछ ।
हाम्रो गोरक्ष संहिता अनुसार, (पञ्चशीलको पालना) , नियम (शुद्धिकरण र पूजापाठ), आसन (शारिरीक व्यायाम), प्रणायाम (स्वास प्रस्वास अभ्यास) प्रत्याहार (परित्याग र सन्तोष), धर्ना (अनुरोध), ध्यान (चेतन मनको निरिक्षण) र समाधी(मुक्ती) गरी हठ योगका आठ अंगहरु हुन्छन् । यी मध्ये कुनै एक अंग पनि अवलोकन साचो अर्थको योग हुदैन । आठै अंगका नियमलाई पालना गर्नैपर्छ । पश्चिमी मुलुकहरुमा अपनाइएको योग,शारिरीक व्यायाम मात्र हो । आँखा चिम्लिनु र खुट्टा तन्काउदैमा योग हुदैन । नत्र भने त सवै धावक, पौडी बाज, र खेलाडीहरु योगी हुनुपर्ने हो । वास्तवमा कुरा त्यसो होइन । हाम्रो जीवन शरिर मात्र होइन, आत्मा र मन पनि छ । र आत्मा र मनको शुद्धिकरण नभइकन योग सम्भव छैन ।
यहाँ कस्तो या कुन योग सिकाउनु हुन्छ भन्ने प्रश्न नै गलत छ । जसरी पानीलाई हामी मात्र पानी भन्दछौ । नेपाली पानी या चाइनीज पानी भन्दैनौ । त्यसै गरी योग मात्र योग हो । हिन्दु या बुद्धिष्ट योग भन्नु, रामदेव वा ओशो योग भन्नु मुर्खता हुन्छ । बुद्धले कहिले पनि बुद्धिष्ट योग सिकाउनु भएन । वहाँले केवल योग सिकाउनु भयो –“अप्प दीपो भवः(विपश्यना) “आफूलाई आफू भित्रै खोज “मात्र भन्नु भएको हो । त्यसैगरी हिन्दुहरुले ल्याएका ४२० थरीको कुरा पनि त्यही हो । योग शब्दको अगाडि विशेषण लगाउनु नै पुर्णतया गलत हुन्छ । रामदेव एक राम्रा योग शिक्षक भन्न मिल्छ वा ओशो एक असल योग शिक्षक पनि भन्न मिल्छ तर मान्छेको नाम अगाडि जोडिएको योग होइन । बरु योगका प्रकारका कुरा गर्नुुहुन्छ भने हठ योग, कर्म योग, भक्ती योग, राज योग हुन्छन जस्को भाव, उदेश्य र मर्म ईश्वर प्राप्ती नै हो । यी सबै एक अर्काका पूरक हुन् । विशुद्ध कर्म नगरी , ईश्यरको आरधना नगरी, भक्ति भाव नराखी, राजयोग (शरिर, मन, र आत्माको शुद्धिकरण) नभै, योगको थालनी हुँदैन ।अझ भनौ हठ योग– अर्धना रेश्वरको ’ह‘ सुर्य नाडी र ’ठ‘¥ चन्द्र नाडीलाई स्वास प्रस्वास द्धारा सुसुम्न नाडीलाई सक्रिय बनाई कुण्डलीनी शक्तिलाई जागी्रत गराउनु नै योगको अन्तिम उद्देश्य हो ।
अतः नाना थरिका विशेषण जोडेर योगलाई प्रदुषित बनाइएको छ । स्मरण रहोस् हठ योग नै सम्पूर्ण योग विधि र शैलीहरुको स्रोत हो । यदी कसैले अरु प्वालबाट स्वासप्रश्वास गर्छन भने चाहि मलाई थाहा छैन तर यदी नभए देब्रे नासिका र दाह्रिने नासिकाबाट श्वास प्रश्वास गरिन्छ भने त्यो केवल हठ योग हो । र तुशीता नेपालमा हठ योग, मन र आत्माको शुद्धिकरण र ईश्वर प्राप्तिका सरल उपाय सिकाइन्छ । नेपालीहरुले देख्न नसकेको सुन्दर नेपाल देखाइन्छ र अर्थपुर्ण जीवन जीउन सिकाइन्छ ।
आम मानिसमा भ्रम छ – लामो दाह्री भएका निधारमा खरानी घसेका र २।३ वटा चटक देखाउने २।४ वटा कठिन आसन गर्नेलाई योगी भन्ने गर्दछन । तर कुरो बिल्कुलै फरक छ । जो माग्दै हिड्छन् ती जोगी हुन , जो भोग मात्र गर्छन ती ‘भोगी’ हुन तर योगी भने कदापी होइनन । योगी त ति नर नारायण हुन जसको सम्पर्क ईश्वरसँग छ, जो वर्तमानको लागि र सारा प्राणी कल्याणको खातिर बाँचेका हुन्छन र जसले काम –क्रोध–लोभ–मोहलाई जितेको हुन्छ । र अरुहरुलाई मनको दियो बालेर ईश्वर प्राप्तीको बाटो देखाउदछ ।
‘‘जस्तो आहार त्यस्तै विचार’’। त्यसैले शाहाकारी भोजन र प्राकृतिक जीवन शैलीबाट हामिले योग ध्यान शुरु गर्नुपर्दछ । किनकि शाहाकारी भोजनले हाम्रो शरिर स्फूती ल्याउछ र क्रमश तमगुणबाट रजगुण र सतगुण तर्फ लम्कन्छ । जब हाम्रो शरिरको अन्तरनिहित गुणहरुमा शुद्धता आउछ त्यसपछि मात्र हाम्रो शक्तिका चक्रहरु खुल्दै जान्छन र सकारात्मक सोचहरुको विकास हुन्छ । हामीहरुमा सतमार्ग– सतकर्म मात्र गर्ने प्रेरणा प्राप्त हुन्छ । यसो भएपछि सन्तोष मिल्छ, चेतनामा पवित्रता आउदछ । फलस्वरुप शान्ति र आनन्द मिल्दछ । सर्वप्रथम त, शाहाकारी जीवन शुरु गर्नैपर्छ किनभने शाहाकारी भोजनले हामीमा लोभ, काम– क्रोध, अंहकार घटाउदै जान्छ । मन र शरिरमा शुद्धिकरण आउदछ ।
तर हामी भनेको शरिर र मन मात्र होइनौ– हामी भित्र ३ रंङ्गको (रातो, नीलो र सेतो) प्रकाश रुपी ईश्वरीय आत्मा पनि छ । उक्त प्रकाश बुवाको विर्यको माध्यमबाट आमाको गर्भसम्म पुग्दछ । हाम्रो आमा बुवा त हामीलाई यस धर्तीमा कर्म गराउन ल्याउने माध्यम मात्र हुन । असली जन्मदाता भने होइनन किनकि फेरि पनि त्यस्तै छोरा या छोरी जन्माउन भने कदापी सक्दैनन् । उनीहरु ईश्वरका अंश त हुन् तर निमित्त र माध्यम मात्र हुन् । यसको मतलव हाम्रा आमा बुवालाई मान्नु पुजा गर्नू हुदैन भनेको चाहि कदापी होइन हैै । उनीहरु त झन् साक्षात भगवान नै हुन, हाम्रो आत्माको बाहक हुन । उस भने त्यो आत्मालाई कसरी शुद्धिकरण राख्ने भन्ने कुरा चाहि महत्वपूर्ण पक्ष हो ।
सर्वप्रथम त, हामीलाई सुन्दर जीवन दिनुभएकोमा ईश्वरलाई कोटी–कोटी प्रणाम गर्र्नैपर्छ– जल, फूल, धुप, फल र दियो वालेर मन्त्र उच्चाहरण गर्नैपर्छ । मन्त्र भनेको ईश्वर पुकार्न प्रयोग गरिने शब्दहरुको धनिभुत शक्ति हो । बैदिक शास्त्रले भन्दछ–‘‘देवी र देवताहरुपनि मन्त्रको अधिनमा हुन्छन’’ । त्यसैले मन्त्रोचारणका साथ पुजापाठ गरी ईश्वरको भक्ति गर्नाले आत्मामा शुद्धिकरण आउदछ । यसको साथसाथै ९६ कि.मी भित्रको हावादुरीमा घुमी राख्ने हाम्रा पितृहरुलाई कदापी भुल्नुहुदैन । “दैवले दिने पितृले हर्ने“ भन्ने शास्त्रको भनाई झै ती तडपीएका पितृहरुलाई उद्धार गरेमात्र ईश्वरबाट प्राप्त आर्शिवाद हामीसम्म आईपुग्छ । अतः पितृ उद्धार गरे मात्र हाम्रो आत्मा शुद्धिकरण भई ईश्वरीय तरंगसँग मिलन हुन्छ ।
जसरी भेडाको पाठाले आफ्नो आमा नदेख्दा कराउदछ – त्यसै गरी अहिलेका मानिसहरु परम पिता सतगुरु गोरखनाथ शिव बाबा सँगको सम्पर्क टुट्दा भौतारिनु परेको हो । सत् गुरु गोरखनाथ भनेको ईश्वरीय प्रकाश हो जुन प्रकाश भगवान् कृष्ण –विष्णु–राम, –बुद्ध– यशु को पछाडी देखिने सुर्यरुपी प्रकाश हो । अर्काे कुरा अहिलेका मानिसहरु बेदको बिपरीत आचरण गरेका छन् , प्रकृतिको विपरित हिडिरहेका छन, भौतिक जीवन र आध्यात्मिक जीवनमा सन्तुलन छैन, काम–क्रोध–लोभ–अहकारले गाँजेको छ , जीवनको उद्देश्य र गन्तव्य केही थाहा छैन । अस्वस्थ जीवनशैली, अधर्यता, महत्वकांक्षा र कुम्ल्याउने व्यस्तता नै बेखुसी हुने प्रमुख कारण हुन् । भोटोमा गोजी हुदैन– कात्रोमा पनि गोजी हुदैन भन्ने थाहा हुदाँ हुदै पनि थुपार्नमा मात्र तल्लीन छन् । ८४ लाख योनीबाट जन्मने सबै प्राणीको पेट भरिन्छ तर मान्छेमात्र यस्तो प्राणी हो जस्को पेट कहिल्यै भरिन्न । र ऊ यसरी खान्छ की खानको लागि बाँचेको जस्तो ।
अर्काे महत्वपुर्ण पक्ष हामी मानिसले नर– नारायण बन्ने उद्देश्य राख्नुपर्ने हो । शान्ति र आनन्द प्राप्ति लक्ष राख्नुपर्ने हो तर ऊ खुसी खोज्नमा मात्र व्यस्त छ । खुशी र शान्तिमा आकाश जमिनको फरक छ । खुसी सन्तोषको त्यो तह हो जुन चाहेको बस्तु प्राप्त गरेपछि मात्र पाईन्छ र उक्त बस्तु गुमाएपछि फेरी बेखुसी । पाए खुसी – गुमाए बेखुसी । तर शान्ति र आनन्द भनेको त्यो परम सन्तोषको तह हो जहाँ पाउने र गुमाउने भन्ने कुरा नै हुदैन ।त्यसैले आम मानिसहरु खुसी खोज्ने दौड धुपले गर्दा बेखुशी हुनुपरेको हो ।
छोटकरीमा, भन्छु ल “ब्रह्म सत्य जगत मिथ्या “ भने झै प्रकाश रुपि ईश्वरीय चेतना मात्र सत्य हो । र अरु बाँकि सारा जगतमा नै मिथ्या ( न सत्य न झुठ्टो) हो । हामी ईश्वरको सुन्दर सुष्टि हौ र हाम्रो जिवनको मुल उद्देश्य भनेको नै संसारिक माँया–मेह–बन्धन र भबचक्रबाटको मुक्ति हो । बेदले प्रष्ट नै सिकाएको छ कि “धर्माथ काम मोक्षणम शसिरंं साधनं यत“ अर्थात आनव शरिर भनेको धर्म पालना गर्न (आम मानिसले बुझेको धर्म नभई कर्तव्यपरायण भन्ने बुझ्नु पर्दछ ) सतकर्म गरि मोक्ष प्राप्त गर्नु नै जिवनको परम उद्देश्य हो । मान्छेको जुनि मात्र यस्तो सुन्दर अबसर हो जहाँ ईश्वरीय आराधना र सतकर्म गरी ८४ लाख योनीको भबचक्रबाट मुक्ति पाउने सकिन्छ ।
बडो मार्मिक प्रश्न सोध्नुभयो, धन्यवाद । जो कोही सचेत नेपाली पुत्रले चिन्तन गर्ने विषय पनि यही हो । प्राकृतिक सौन्दर्य , श्रोत–साधन ले समृद्ध राष्ट्रमा कुवेरले धनको पोको माथि बसेर भिख मागे जस्तैको स्थिति देखेर, गोरक्ष राष्ट्रमा सधै अस्थिरता र अशान्ति देखेर मन दुख्नु पनि स्वभाविक हो तर उनीहरुले अहिलेका तथाकथित ब्राहाण, पण्डित, नेता र जनताहरुले के भुल गरेका छन त भन्ने कुराको हेक्का राख्नै पर्छ । म बुदाँगत रुपमा भन्दै जान्छु है त । कुरो गहिरो छ ध्यान दिएर सुन्नुस् ।
I
क) नेपाल विश्वको श्रीपेच हो, देवभूमि– तपोभूमि स्वर्गभूमि हो, बली राजाको घमण्ड तोडन पुडके ब्राहमणले मागेको ३ पाइला मध्यको एक पाइला हो । गुरु गोरक्षनाथबाट आर्शिवाद प्राप्त राष्ट्र हो । सम्पुर्ण धर्मका आचार्यहरुले नेपाललाई बैदिक सनातन धर्मको मुल श्रोत मानेका छन । हरिवंश राय बच्चनले आत्माबृतान्तमा नेपाल राष्ट्रको समृद्धी र पराक्रमलाई निचोडमा ‘‘नेपाल राजाको भेषमा ईश्वरले शासनको गरेको मुलुक रहेछ’’ भनेर लेख्नुभएको छ । योगी प्रपन्नाचार्यले पनि नेपाल आमाको स्तुती गर्नुभएको छ । आध्यात्मा– योग– ध्यानको खोजीमा लाखौँ विदेशीहरु अनुसन्धान रत छन् तर नेपालीहरुलाई अत्तोपत्तो छैन, आँखा खुलेको छैन । घैटौमा घाम लागेको छैन । नेपालीले नेपाल देखेका नै छैनन चुरो कुरोका भेउ नपाउदा अन्धाले हाति छामेर हातिको आकार अनुमान गरे जस्तै भएको छ , देश लथालिङ भएको छ । मेरो आउदै गरेको पुस्तक ‘विश्वको श्रीपेच नेपालको’ एक अध्यायमा नेपालीले देख्न नसकेको नेपालमा स –विस्तार चर्चा गरेको छु । दुभाग्य, हामी नेपालीले नेपाल चिनेकै छैनौ–नेपाल देखेका नै छैनौ । गत वर्षको भूकम्पले बल्ल त भातृत्वको पाठ सिकाएको छ र नाकाबन्दीले राष्ट्र प्रेमको भाव जगाएको छ । यो पनि प्रकृतिको चक्रबाट नै घटेको घटना ब्झनु पर्दछ ।
ख) सबै नेता, पत्राकार, राष्ट्र रक्षक, ब्राहमणहरुले धर्म छोडे । स्मरण रहोस्, धर्म भनेको ‘‘धर्म धारयले इती धर्म’’ कर्तव्य परायण, दायित्व बोध, इमान्दारिता र समर्पण हो । नेताहरु उत्तर पथी र दक्षिण पन्थी भनेर बाहिरी राष्ट्रको लगौटी बने( मलाई एक मात्र राज नेताको नाम दिन सक्नुहुन्छ ?)
ग) पत्रकारहरु राष्ट्रको झण्डामुनी हुनुपर्ने हो तर पार्टीको झण्डा र झोला भिरेर उफ्रे, राष्ट्रका चौथो अंग मानिने पत्राकारहरु १ । २ प्लेट लुते भैसीको मःम मा बिके पछि देशको हालत के हुन्छ ? त्यसै गरी राष्ट्र रक्षक नै भक्षक भएपछि जनताहरुले कसको सहारा लिने ?
घ) ब्राहामण भनेको त ब्रह्म ज्ञान सिकाउनु पर्ने हो तर टपेर बाहुन बने (बा–हुन बा– होइनन के थाहा ?) शंकराचार्य जस्ता पाखण्डीको बुई चढेर दक्षिणतिरबाट दक्षिणा लिएर धर्मको नाउमा विष छरि दिए । मन्त्रोचारण उल्टो हुदै गयो ,सौर्य र प्राकृतिक शक्ति सँग हामिहरु बग्नु पर्ने हो तर घडी जसरी घुमिने मन्दिर परिक्रमाले हाम्रो शक्ति ह्रास हुदै गयो । गुरु जस्तो पवित्र शव्द पण्डीत, ड्राइभर र दर्जीलाई पनि गुरु भनिन थाल्यो । गुरु भनेको अन्धकार हटाउने ईश्वरीय प्रकाश जुन शब्द गोरक्षनाथ , सुर्य र वेदव्यास भन्दा अरुमा प्रयोग गर्नु नै महा पाप हो ।
ङ) त्यसै गरी तान्त्रिक विधिबाट बनाइएको अदितिय त्रिकोणात्मक झण्डा उल्टाइयो । तान्त्रिक विधिबाट बनाइएको मानव सभ्यताको पहिलो पोशाक हटाइयो ,(स्मरण रहोस् मन्त्र,यन्त्र र तन्त्रले चलेको छ यो संसार) यन्त्र त उल्टो भएपछि चल्दैन अनि ब्रहाण्डीय शक्तिलाई नै उल्टो पार्ने कुचेष्टा गरेपछि किन भद्रगोल हुदैन त यो देशमा । जब विधिको शासन र कानुनी राज्य नभएपछि क्यास बोकेर ग्याँस पाइदैन , विद्युत प्राधिकरण लाल्टीन बालेर बस्छ र राजधानी बासीहरु चम्चीमा मेलम्ची पिउछन.....उफ्र हरे शिव ।
उत्तर छ नि किन नहुनु ? फेरी पनि बुदाँमा नै भनौ....
क) सम्पूर्ण नेपालीहरुले बाबा गोरक्षनाथसँग माफ मागी शान्ति पूजा गर्ने,
ख) अदितिय झण्डालाई (सुर्य माथि भएको सक्कली राष्ट्रिय झण्डालाई) पुनस्थापना गर्ने,
ग) ९० साल भन्दा पहिलाकै जस्तो नेपाललाई ‘‘बैदिक सनातन धर्म – नेपाल राष्ट्र’’ मात्र भन्ने
घ) तान्त्रिक विधिबाट निर्मित टोपी दौरा सुरुवाल साडी– चौबन्दी चोलोको प्रयोग गर्न थाल्ने
ङ) कुनै पनि मन्दिर परिक्रमा घडी विपरित दिशा ब्लतष् अयिअपधष्कभ बाट गर्ने ताकि सौर्य र प्रकृतिको सकारात्मक उर्जा शरिरमा प्रवेश हुदै जान्छ ।
च) विशाल नेपाल खोज्ने पृथ्वीनारायण शाहबाट उपदेश भएको २७ बुद्धा लिई गोरख कानून लागू चालु गर्ने हो र जनताको अभिमत लिई २८ नं. मा मृत्यूदण्ड राख्ने ।
छ) योग– ध्यान यसै पुण्य भुमिबाट उत्पत्ति भएकोले योग साधना गर्दै गराउदै जाने त्यसपछि सकारात्मक सोचहरु बढदै जान्छन्, सत्मार्गमा हिडन थाल्दछौ । हामीमा सत् बुद्धि मात्र आउदछ । निस्वार्थ भावले राष्ट्रप्रेमले ओतप्रोत भएपछि नेपाल समृद्ध र शान्त बन्ने कति बेर लाग्छ र ? मात्र संसार देख्ने सुन्दर आँखा र पुरुष– प्रकृतिलाई बुझ्ने कोमल हृदय चाहिन्छ ।
सत्गुरु गोरख ......सवैलाई चेतना भया.....................
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।