जतिबेला नेपालमा डेविट कार्ड लिन निकै गाह्रो थियो । सञ्चालनमा रहेका सबै बैंकहरुले डेविट कार्ड सुविधा उपलब्ध गराउन सक्ने अवस्था थिएन । नबिल, हिमालयन जस्ता केही सीमित बैंकहरुले मात्र महँगो शुल्कका विदेशी डेविट कार्ड लिई सेवा सञ्चालन गरिरहेका थिए । त्यसै समयमा नेपालमा आफ्नै डेविट कार्डको आवश्यकता महसुस गरेर स्मार्ट च्वाइस टेक्नोलोजी प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रा।लि स्थापना भएको हो । विदेशी भिषा र माष्टर कार्डले सेवा दिइरहेको बजारमा नयाँ स्थापना भई सेवा विस्तार गर्ने कार्य आफैंमा चुनौतीपूर्ण हुन सक्थ्यो । तैपनि विश्वव्यापी रुपमा बढ्दै गएको डेविट कार्डको प्रचलन र बदलिँदो परिवेशलाई विचार गरी यस कम्पनीले ‘एससिटी’ ब्राण्डमा डेविट कार्ड (एटिएम) प्रचलनमा ल्यायो ।
सन् २००३ सम्म नेपालमा एटिएम सेवा प्रवाह गर्ने बैंकहरुले जुन बैंकबाट कार्ड लिएका छन्, त्यही बैंकको एटिएम मेसिनबाट मात्रै उक्त कार्ड प्रयोग गर्न सकिने अवस्था थियो । जसले गर्दा सेवाग्राहीहरुले विभिन्न झण्झटहरु व्यहोर्नुपर्थ्यो । एससिटी ब्राण्ड आएसँगै ती विविध समस्याहरुलाई न्यूनीकरण गर्दै सहज रुपमा वित्तीय प्रविधिको पहुँच विस्तार कार्यमा उल्लेख्य उपलब्धि हासिल हुन सकेको छ ।
यस कम्पनीले नेपालको सम्भावित बजार सम्भावनालाई अध्ययन गरेर आफ्नो सेवा शुरुवात गरेको हो । बजार अध्ययनको क्रममा डेविट कार्डको सुविधा अत्यन्तै थोरै जनताको पहुँचमा भएको र सेवा प्रवाहमा पनि थुप्रै समस्या रहेको कुरालाई विचार गरी सेवा विस्तार गरेको कारण यस कम्पनीले अहिलेको सफलता हासिल गर्न सकेको हो ।
नेपालमा एससिटीले आफ्नो सेवा सर्वप्रथम सन् २००३ मा हिमालयन बैंक मार्फत शुरुवात गरेको हो । २००७ सम्म नेपालका बैंकहरु समेत एटिएम बारे अभ्यस्त हुन सकेका थिएनन् । डेविट कार्ड नयाँ प्रविधि भएको कारण सेवाग्राहीलाई महत्व अनुभुत गराउन त अझ गाह्रो थियो । विस्तारै मानिसहरु डेविट कार्ड प्रति जागरुक हुँदै गए । अहिले भने फाइनान्सियल टेक्नोलोजी (फिन्टेक) अन्तरगत डेविट कार्डको अलावा अन्य थुप्रै सुविधाहरुबारे अधिकांश नेपाली जनता अभ्यस्त भइसकेका छन् ।
सन् २०१७ पश्चात् स्मार्ट च्वाइस टेक्नोलोजीले पब्लिक कम्पनीको रुपमा सेवा प्रवाह गरिरहेको छ । हाल यस कम्पनीमा प्रभु, ग्लोबल आइएमई, हिमालयन, साङ्ग्रिला, कामना सेवा लगायत बैंकहरुको लगानी रहेको छ । हाल ४ लाख भन्दा बढी ग्राहकहरुले एससिटी सेवा लिइरहेका छन् ।
हाल डेविट कार्ड क्षेत्रमा करिब ३० प्रतिशत हिस्सा एससिटीले ओगटेको छ । हाल नेपालका क, ख र ग गरी २७ ओटा बैंकहरुले एससिटीको कार्ड उपयोगमा ल्याएका छन् । यस कम्पनीमा हाल ४० भन्दा बढी कर्मचारीहरु निरन्तर खटिँदै आएका छन् । यस कम्पनीमा प्रभु ग्रुप र आइएमई ग्रुपको पनि लगानी रहेको छ । आगामी दिनमा माइक्रो फाइनान्स र सहकारीको माध्यमबाट ग्रामीण क्षेत्र सम्म पनि बैंकिङ सेवा विस्तार कार्य आवश्यक रहेको यस कम्पनीको ठहर छ ।
नेपालमा एससिटीले आफ्नो सेवा सर्वप्रथम सन् २००३ मा हिमालयन बैंक मार्फत शुरुवात गरेको हो । २००७ सम्म नेपालका बैंकहरु समेत एटिएम बारे अभ्यस्त हुन सकेका थिएनन् । डेविट कार्ड नयाँ प्रविधि भएको कारण सेवाग्राहीलाई महत्व अनुभुत गराउन त अझ गाह्रो थियो । विस्तारै मानिसहरु डेविट कार्ड प्रति जागरुक हुँदै गए ।
अहिले नेपाली बजारमा सबै किसिमका गरी करिब ५० लाख भन्दा बढी सङ्ख्यामा डेविट कार्ड ९एटिएम०हरु विस्तार भइसकेका छन् । नेपालमा डेविट कार्ड सेवा विस्तारको लागि राज्यले पिएसओ सेवा सञ्चालन गर्नलाई लागि ९ ओटा र पिएसपिको लागि २० ओटा कम्पनीहरुलाइ इजाजत दिएको छ । बजारमा भिषा डेविट कार्ड र मास्टर कार्डको बजार राम्रै भएपनि केही पहिले मात्रै प्रभु बैंकले सञ्चालनमा ल्याएको ‘रुपैयाँ’ र नेपाल इन्भेष्टमेन्ट बैंकको ‘नेशनल’ ब्राण्डले भने राम्रो तवरले बजार विस्तार गर्न सकेनन् । बजारमा आएका अन्य नयाँ कम्पनीहरुलाई पनि सेवा विस्तारमा यस्ता थुप्रै चुनौतीहरु आउन सक्ने अवस्था छ । बजार माग र आवश्यकतालाई राम्रोसँग विचार नगरी इजाजत दिँदा त्यसले नयाँ लगानीकर्ताको ठूलो लगानी रकम बजारमा नै फस्ने अवस्था पनि आउन सक्छ । यस पक्षलाई व्यवस्थित गर्न राज्यले निश्चित मापदण्ड व्यवस्था गरेर मात्र इजाजतपत्र वितरण गर्नुपर्ने जरुरी रहन्छ ।
प्रविधि क्षेत्र सदैव अद्यावधिक रहिरहनुपर्ने क्षेत्र हो । यस कम्पनीले पनि विगतमा केही उतारचढाव समेत भोग्नुपरेको छ । विगतबाट सिक्दै कम्पनीले आगामी दिनमा सेवाग्राही र बैंकहरुको लागि आवश्यक पर्ने सबै किसिमका सुविधाहरु एउटै प्लेटफर्मबाट उपलब्ध गराउने योजना बमोजिम काम अघी बढाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य सेवाहरु सञ्चालन गरेर फाइनान्सियल सर्भिसहरुलाई अझ सरल बनाउने योजना बनाएको छ । पछिल्ला दिनहरुमा अनलाईन कारोबारको लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड लगायतका थुप्रै माध्यमहरु भएको अवस्थामा डेविट कार्डको अलावा अन्य सुविधाहरु पनि विस्तार गर्दै जानुपर्ने अवस्था छ ।
भर्खर मात्रै यस कम्पनीले स्मार्ट क्युआर लन्च गरेको छ । जसअन्तरगत एउटा पिएसपि वालेटको सेवाग्राहीहरुले अर्को पिएसपिबाट भुक्तानी लिन सक्नेछन् । यसको अलावा ग्लोबल आइएमइ बैंकसँगको सहकार्यमा भर्खर मात्र ओम्नि च्यानल डिजिटल बैंकिङ योजना समेत यस कम्पनीले सञ्चालनमा ल्याएको छ । उक्त सिष्टममा मोबाइल बैंकिङ, इ–बैंकिङ, सेल्फ बैंकिङ र डेविट कार्ड सम्बन्धमा केही जानकारी समेत हासिल गर्न सकिने फिचर्सहरुलाई एकै ठाउँमा उपलब्ध गराइएको छ ।
बजार अत्यन्तै प्रतिष्पर्धी छ । जसले गर्दा अत्यन्तै कम मुनाफामा काम गर्नुपर्ने अवस्था छ । साथै प्रविधि आफैंमा निरन्तर परिवर्तनशिल क्षेत्र भएकोले सदैव एउटा सिष्टममा गरेको लगानी उठ्छ नै भन्ने सुनिश्चितता हुँदैन । अहिले नयाँ भएको कारण जडान गरिएको प्रविधि १–२ बर्षमा नै पुरानो भइसक्छ । नेपाल राष्ट्र बैंक एवं नेपाल सरकारका नीतिहरु भित्र रहेर काम गर्नुपर्दा कतिपय नयाँ विकसित प्र्रविधिहरुलाई तत्काल कार्यान्वयन गर्न नसकिने अवस्था रहन्छ । पुराना नीतिविधिमा रहेर काम गर्नुपर्दा प्रविधि फस्टाउन सक्दैन । अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित कम्पनीहरुसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था पनि ठूलो चुनौती हुन सक्छ ।
यस क्षेत्रलाई अझ प्रभावकारी बनाउनको लागि नेपाल राष्ट्र बैंकले समय–समयमा विभिन्न नीतिगत परिमार्जन समेत गर्दै आएको छ । सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउनको लागि नेपालका कम्पनीहरुले पनि प्रशस्तै काम गरेका छन् । नेपाल राष्ट्र बैंकले पनि यसको लागि विशेष चासो राख्दै आएको छ । भर्खर लागु गरिएको स्मार्ट क्युआर कार्यान्वयनको लागि पनि नेपाल राष्ट्र बैंकबाट नीतिगत सहजीकरण कार्य भएको छ । साथै नेपालका कम्पनीहरुको प्रवद्र्धन हुन सक्ने किसिमले राज्यले व्यवस्था गरिदिनुपर्छ ।
अहिले सम्म पनि नेपालमा हुने कारोबारमा यहाँका तथ्याङ्कहरु बाह्य मुलुकमा रहेका सर्भरमा सुरक्षित राखेर त्यस सर्भरको सम्पर्कमा आएपश्चात् मात्र कारोवार सम्पन्न गर्न सकिने अवस्था छ । डाटा सुरक्षाको लागि यस किसिमको नीतिलाई पुनर्विचार गर्नु जरुरी देखिन्छ । नेपाल सरकारले विशेष पहलकदमी लिँदै तथ्याङ्क नेपाल भित्र नै सुरक्षित रहन सक्ने किसिमले व्यवस्था गर्ने हो भने डाटा सुरक्षा अझ प्रभावकारी बन्न सक्छ । हुनत अहिलेका सबै कम्पनीहरुले पिसीआई–डिएसएसको आधारभूत स्ट्याण्डर्ड पूरा गरेर नै सेवा सञ्चालन गरिरहेका छन् । तर त्यति मात्र प्रयाप्त हुँदैन । प्रविधिमा आउन सक्ने सम्भावित चुनौतीहरु बारे सदैव सतर्क रहनुपर्छ । डाटा सेक्युरिटीको अन्तिम बिन्दु यही हो भन्ने नै हुँदैन ।
नेपाल राष्ट्र बैंकले समय–समयमा विभिन्न नीतिगत परिमार्जन समेत गर्दै आएको छ । सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउनको लागि नेपालका कम्पनीहरुले पनि प्रशस्तै काम गरेका छन् । नेपाल राष्ट्र बैंकले पनि यसको लागि विशेष चासो राख्दै आएको छ । भर्खर लागु गरिएको स्मार्ट क्युआर कार्यान्वयनको लागि पनि नेपाल राष्ट्र बैंकबाट नीतिगत सहजीकरण कार्य भएको छ ।
नेपालका थुप्र्रै सरकारी निकायहरुले अहिले अनलाइन सिष्टमबाट नै विभिन्न सेवा लिन सक्ने व्यवस्था गरेका छन् । तैपनि अधिकांश सरकारी निकायबाट प्रवाह हुने सेवा लिन सेवाग्राहीलाई निकै समस्या सृजना भएको छ । यातायात, कम्पनी रजिष्ट्रार, करदाता सेवा कार्यालय लगायतमा प्रविधिको प्रभावकारिता कमजोर छ । त्यसको आधिकारिकता अर्को समस्या बन्न सक्छ । पछिल्लो समय डिजिटल सिग्नेचर समेत नेपालमा शुरुवात भइसकेको अवस्थामा यसलाई राम्रो तवरले विस्तार गर्न सकेको खण्डमा विस्तारै हाम्रा सेवाहरुलाई प्रभावकारी बनाउँदै लैजान सकिने अवस्था देखिन्छ ।
नेपालमा राम्रो तवरले प्रविधिको विस्तार हुने अवस्था सृजना भएको खण्डमा अबको १ दशकमा धेरैजसो क्षेत्रहरु डिजिटलाइजेसन भइसकेका हुनेछन् । अधिकांश निजी क्षेत्रबाट हुने कारोबार शहरी क्षेत्रको लागि क्यासलेस भइसकेका हुनेछन् । राजनीति स्थिर हुने र विधिको शासन लागु हुने हो भने सिङ्गो नेपाललाई नै डिजिटलाइजेसनमा लैजान र प्रविधिको प्रयोग मार्फत माथि उठाउन ठूलो सहयोग मिल्नेछ ।
पछिल्लो समय नेपालमा डिजिटल पेमेन्टको प्रचलन तीव्र गतिमा बढेको छ । लकडाउनको कारण अधिकांश नेपालीहरु डिजिटल पेमेन्ट सम्बन्धी जागरुक भइसकेका छन् । लकडाउनले प्रविधिको उपयोगमा ठूलो क्रान्ति नै ल्याइदिएको छ । नेपाल सरकारलाई समेत प्रविधि प्रयोगमा बाध्य बनाएको छ । यस्तो अवस्थामा सुरक्षा पक्षलाई ध्यान दिँदै नवविकसित प्रविधि बैंकिङ, शिक्षा, स्वास्थ्य, यातायात लगायत सबैजसो क्षेत्रमा प्रयोगमा ल्याउनुपर्ने जरुरी छ । अहिले प्रविधि दैनिक जीवनको अभिन्न अङ्ग बन्दै गइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।