add

अमेरिकाको सडक पनि मेरो लागि पाठशाला हो : शुनिल कुमार झा






ActPro Nepal

|

१४ असोज, २०७७

|
905

सिस्को प्रमाणपत्रको लागि लिईने परिक्षा विश्वभरि लिईने परीक्षाहरु मध्ये सबैभन्दा गाह्रो परिक्षाहरुको सुचीमा पर्छ । सुचना प्रविधिको राजधानीमा नी नेक्यालीफोर्नियामा अवस्थित ‘सिस्को’ एउटा अमेरिकन बहुर्राष्ट्रिय कम्पनी हो । यसले सुचना–प्रविधि र साईबर सुरक्षाका लागि आवश्यक प्रविधिहरु उत्पादन गर्छ । साथै उक्त प्रविधिलाई आवश्यकता अनुसार परिमार्जन गरी सँचालनमा ल्याउनका निम्ति विभिन्न चरणको परीक्षा लिई दक्ष जनशक्ति समेत उत्पादन गर्ने गर्छ । यसै प्रणालीद्वारा सँचालीत ‘ईन्टरनेटनेटवर्किङ’ सम्बन्धि ‘सिस्को सर्टीफाईड ईन्टर नेटवर्क एक्सपर्ट’ को प्रमाणपत्र पाउने पहिलो नेपाली हुन्, सुनिल कुमार झा ।

उनीसँग हाम्रा सहकर्मीले गरेको कुराकनीको संपादित अंशः

तपाइंकाे प्रारम्भिक शिक्षा तथा बाल्यकाल कस्तो थियो ?

सर्लाही जिल्लाको सिमरा गाँउमा मेरो जन्म भएको थियो । पीताजी नेपाल प्रहरीमा हवल्दार हुनुहुन्थ्यो । खाँटी मध्यम वर्गीय परिवार थियो हाम्रो । मेरो बाल्यकाल पनि सामान्य नै थियो । यद्यपि म अरुभन्दा जिज्ञाशु स्वभावको भएकोले परिवार बाहिरका मानिसहरुले पनि माया गर्नुहुन्थ्यो ।

मैले प्रारम्भिक शिक्षा अनौपचारिक रुपमा मेरो काका कवि षडानन्द झा बाट पाएको थिए । उहाँ आँखाले देख्न सक्नु हुन्थेन, तर ज्ञानको महासागर हुनुहुन्थ्यो । कतै जान परेन् । प्रायः मलाई सँगै लिएर जानुहुन्थ्यो, बाटोमा रामायण, महाभारत तथा वेदपुराणका कुराहरु ल्गायत विश्वको घटनाहरुबारे सिकाउनुहुन्थ्यो, उहाँ मार्फत नै मैले जिवनको उदेश्य तथा मार्ग दर्शन पाएको थिए, म ६ वर्षको भएपछि गाँउमा गुच्चा खेल्न गएर छोरो बिग्रन्छ कि भनेर बुवाले आफुसँग राखेर औपचारिक शिक्षाको लागि उहाँ कार्यरत ठाँउ सर्लाही जिल्लाकै बरहथवा लग्नुभो ।

सिमराबाट अमेरिका सम्मको यात्रा कसरी तय भयो ?

कवि काका भन्नुहुन्थ्यो, ईमान्दारी पुर्वक चिताएको लक्ष्य पाउन निरन्तर परिश्रम गर्दै जानुपर्छ । परिणामको जिम्मा ईश्वरमाथी छोडिदिनुपर्छ । काग र कोईली दुईटैको रङ्ग एउटै छ तर, प्रतिभाको आधारमा कोईली सबैको प्रिय छ । त्यसैले मेहनत गर र प्रतिभा हाँसिल गर । हेरत म अन्धो छु तैपनि ज्ञान आर्जन गर्न मलाई यसल रोकेन । त्यसै गरी एकचोटी हाम्रो गाँउमा एउटा अमेरिकन आएको थियो रे । उ धनी छ कि गरिब छ त्यो कसैलाई थाहा थिएन तर, अमेरिकन भएकोले सबैले उसलाई सम्मान गथ्र्यो । त्यसैले तिमी जहाँ गएपनि सिप सिक्न र ज्ञान आर्जन गर्न छोड्नु हुँदैन । तिमीले राम्रो गरे सबैको नाम र ईज्जत हुन्छ । यो वाक्यले मलाई जहिले पनि प्रेरित गरिरह्यो । यो कुराले मेरो मानसपटलमा गहिरो छाप छोडेको थियो । त्यतीबेला देखी नै अमेरिका गएर पढ्ने ईच्छा जागेको थियो । तर चिताएकै भरमा त्यो सम्भव थिएन । परिवारबाट पाएको निरन्तर हौसला र मलाई पढाउनु हुने शिक्षकहरुको आशिर्वादले मलाई मेहनत गर्न उत्प्रेरित गरिरह्यो । उहाँहरुकै प्रेरणा अनुशार मैले परिश्रम गर्दै गए – हरेक सिँढिहरु एक÷एक गरि पार गर्दै गएर ईश्वरको कृपाले मलाई यो लक्ष्यसम्म डोर्याएर ल्यायो ।

सफलताको श्रेय कसलाई दिनुहुन्छ ? 

अमेरिका गएर विज्ञता हाँसिल गर्नु मेरो सानैदेखिको सपना थियो । पुल्चोक क्याम्पसबाट ईन्जीनियरिङमा स्नातक गरेपछी अमेरिकालाई गन्तव्यको रुपमा रोज्दा नै सफलताको पहिलो खुड्किलो चढेजस्तो लाग्छ । अमेरिका आईसकेपछी पनि सुरुको ५ वर्षसम्म संघर्ष गर्नुपरेको थियो । त्यसैले काम गर्दै लगातार ५ वर्षसम्म अध्ययन गरे । कष्टकर थियो जीवन तर मैले लक्ष्य सम्म पुग्न अरु विकल्प देखिन । आत्मनिर्भर भएर काम गर्न तथा पढ्न मलाई अमेरिकाले सिकाएको हो । त्यसैले अमेरिकाको सडक पनि मेरो लागी पाठशाला हो । सीस्को नाम मात्र सुनेको थिए । नेपालबाट हाल सम्म कसैले पनि यो प्रमाणपत्र प्राप्त गरेको छैन् भनी थाहा पाएपछि मैले गर्नुपर्छ भन्ने ईच्छा जाग्यो । पास भईएला कि नभईएला थाहा थिएन तर मेहनत र ईश्वरको कृपाको जीत भयो, भनिन्छ नि परिश्रम गर्नेको साथ परमात्माले पनि दिन्छन् । परिश्रमका साथै मलाई पढाउनु हुने गुरुहरु तथा परिवारलाई मेरो सफलताको श्रेय दिन्छु ।

नेपालमा यस्तो प्रणाली स्थापना गर्न सकिने सम्भावना तथा तपाईको योगदान के–कस्तो हुन सक्छ ?

सूचना प्रविधिमा अझै पनि नेपाल बामे सर्दैछ । व्यक्तिगत स्तरबाट यो प्रणाली स्थापना गर्न सकिने सम्भावना न्युन छ । नेपाल सरकारको तर्फबाट नै ठोस योजना सहित आवश्यक बजेटको व्यवस्था भए दक्षहरुको एउटा टोली नै गठन गरि गृहकार्य गर्ने हो भने सम्भव छ । र नेपालको लागि यो निकै फलदायी पनि हुनेछ । नेपालमा विज्ञको अभाव मात्र नभई सुचना प्रविधिको विकासको विषयमा सरकारको ध्यान अझै पनि पुगेको देखिदैन् । नत्र सुचना प्रविधि जनशक्ति उत्पादन मात्र नभई हरेक दृष्टिकोणले विश्वशक्ति बन्ने प्रतिस्पर्धामा रहेको भारत र चीनको बिचमा अवस्थीत नेपालले निकै लाभ लिनसक्थ्यो । तर यसको लागि विभिन्न देशसँग सहकार्य तथा राजनितिक अवरोध रहित वातावरण आवश्यक छ ।

नेपालमा सुचना प्रविधिको क्षेत्रमा भविश्य देखि रहेका युवाहरुलाई सन्देश तथा भावी योजना ?

विश्वको जुनसुकै कुनामा बसेर सपना देखे पनि कडा परिश्रम नगरी सफलता हात पार्न सकिदैन् । सहि गन्तब्य रोजेर निरन्तर अभ्यास गर्नु एउटा मात्र बाटो हो । यहाँसम्मको भोगाई तथा अवसरहरुको सम्पुर्ण विवरणसहित एउटा किताब प्रकाशित गर्दैछु । यसै वर्षको अन्त्यमा आउने उक्त किताब मार्फत मेरो यात्राबारे थप प्रकाश पार्नुका साथै मेरो भावी योजनाहरु पनी सार्वजनिक गर्नेछु ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.