add

नेपाली वस्तुहरु उच्च मूल्यमा बाहिर पठाउन आवश्यक पहल गरौं: श्याम बस्नेतकाे अन्तरवार्ता






ActPro Nepal

|

१४ असोज, २०७७

|
800

श्याम कुमार बस्नेत नीति तथा योजनाको विषयमा राम्रो विज्ञता हासिल गर्नुभएका व्यक्ति हुनुहुन्छ । नेपालको समुचित विकास अवस्था बारे अध्ययन अनुसन्धानमा उहाँले झण्डै आधा जिन्दगी व्यतित गरिसक्नुभएको छ । हाल बाग्मती प्रदेशको नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष समेत रहनुभएका श्याम कुमार बस्नेतसँग बाग्मती प्रदेशका योजना तथा कार्यक्रमहरु तथा नेपालको समुचित विकासको लागिे चाल्नुपर्ने भावी कदम सम्बन्धमा कुराकानी गरेका छौं ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नेपालका ७ ओटा प्रदेश मध्ये बाग्मती प्रदेशका अलग विशेषताहरु के छन् ? कसरी नेपालको समृद्धिको लागि यो प्रदेशले विशेष भूमिका खेल्न सक्छ ?

यहाँहरुलाई थाहै छ, बाग्मती प्रदेश नेपालको राजधानी प्रदेश हो । यस प्रदेशको विकास अवस्थाले समग्र नेपालको विकासलाई नै प्रतिनिधित्व गर्दछ । यस प्रदेशका सूचकहरुले सिङ्गो मुलुककै समृद्धिको प्रतिनिधित्व गर्दछन् । नेपालका अधिकांश बौद्धिक वर्गहरु बस्ने, सबैजसो सरकारी निकायहरु एवं गैरसरकारी संस्था र प्रोजेक्टहरुका मुख्य कार्यालय रहेको यस प्रदेशमा देशभरका सबै ठाउँबाट आएका मानिसहरु एकीकृत भइ बसेका छन् । उच्चस्तरीय ज्ञान, सीप र प्रविधि सम्बन्धी जानकार व्यक्तिहरु यसै प्रदेशमा बस्दै आएका छन् । यस प्रदेशको विकास सबै किसिमका मानिसहरुको लागि चासोको विषयमा रहँदै आएको छ । यसको अलावा भौगोलिक अवस्थिति र प्राकृतिक स्रोतसाधनको हिसाबले समेत बाग्मती प्रदेश एक सम्पन्न प्रदेश हो । जसले गर्दा बाग्मती प्रदेशको भूमिका अझ महत्वपूर्ण छ ।

बाग्मती प्रदेशले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनको लागि कस्ता योजनाहरु अघी सारेको छ ?

नेपालको लामो राजनीतिक सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अब हामीले आर्थिक पक्षलाई विशेष महत्व सहित अघी बढाउनु जरुरी छ । सोही कुरालाई विचार गर्दै अहिलेको संघीय सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को दीर्घकालिन सोचलाई अघी सारेको छ । उक्त सोचलाई सम्भव तुल्याउन दीर्घकालिन रुपमा सुसंस्कृत र सुखी जनता र समृद्ध प्रदेश अवधारणा यस प्रदेशले अघी सारेको छ ।

बाग्मती प्रदेशले अगाडि सारेका यी अवधारणालाई सार्थक तुल्याउने कार्यमा अवसर र चुनौती दुवै छन् । हामीले अवसरलाई केन्द्रभागमा राखेर अघी बढ्दा सफलता अवश्य हासिल गर्न सक्छौं । यसरी सफलता हासिल गर्ने सन्दर्भमा मूलतः यस प्रदेश भित्रका विकासका सूचकाङ्कहरु के हुन् ? भन्ने कुरा यकिन गरी सोही बमोजिम अघी बढ्नु जरुरी छ ।

बाग्मती प्रदेशले विकासका महत्वपूर्ण सूचकको रुपमा के–कुन कुराहरुलाई राखेको छ ?

बाग्मती प्रदेशले मुख्यतः पर्यटन, पूर्वाधार विकास, कृषि लगायत मुख्यतः ६ ओटा कुराहरुलाई विशेष महत्वका आधारस्तम्भको रुपमा राखेको छ । यी मुख्य संवाहकहरुको रुपमा गुणस्तरीय ग्रामीण एवं शहरी पूर्वाधार (यस अन्तरगत सडक, खानेपानी, सिँचाई, विद्युत, सञ्चार लगायतलाई राखिएको छ ।

यसको अलावा कृषिको व्यावसायिकरण एवं जैविक कृषिको प्रवर्धनमा यस प्रदेशको विशेष जोड छ । यद्यपि कृषिमा बाग्मती प्रदेश अहिले सम्म आत्मनिर्भर बन्न सकेको छैन । बाग्मती प्रदेश हिमाल, पहाड र तराई मिलेर बनेको छ । यसमध्ये चितवन, मकवानपुर र सिन्धुली तराईका जिल्लाहरु हुन् । यी जिल्लाहरुमा पनि सबै तराई भूमि मात्र छैन । यस्तो अवस्थामा कृषिको कसरी विशेष तवरले विकास गर्न सकिन्छ भन्ने सम्बन्धमा हामीले अनुसन्धानहरु गरिरहेका छौं । खासगरी कृषिको व्यावसायिक सम्बन्धमा अध्ययन गर्दा हामीले हाइ भ्यालु क्रप्स (उच्च मूल्यका कृषि उत्पादन)लाई विशेष महत्व दिनुपर्ने देखेका छौं । नेपाल कृषिमा राम्रो सम्भावना भएको देश हो । नेपालमा प्रतिकिलो ६ सय रुपियाँ पर्ने किवी खेती पनि गर्न सकिन्छ । यसको अलावा विभिन्न नयाँ प्रजातिका उच्च गुणस्तरीय फलफूलहरु समेत खेती गर्न सकिन्छ । जसबाट राम्रो लाभ हासिल गर्न सकिन्छ । खासगरी हाम्रो मुख्य ध्यान उच्च मूल्यका उत्पादनमा नै केन्द्रित हुनुपर्ने जरुरी छ । जुन अन्तर्राष्ट्रिय बजारमा बढी मूल्यमा बिक्री गर्न सकियोस् । यसको लागि हामीले उच्चस्तरीय प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकताको महसुस गरिसकेका छौं । यसलाई व्यावहारिक रुपमा सार्थक पार्न सोही बमोजिम विशेष योजना सहित अघी बढ्दैछौं ।

यसको मतलब कृषिमा परम्परागत अभ्यासमा सीमित नरही आधुनिक तवरले काम गर्नुपर्छ भन्नेमा यहाँहरु केन्द्रित हुन लाग्नुभएको हो त ?

हो, अवश्य पनि कृषिमा धान, मकै, कोदो, गहुँ लगायतका अन्नहरु बाहेक अन्य उत्पादनबाट समेत राम्रो प्रगति गर्न सक्ने अवस्था छ । हामीले बाग्मती प्रदेशलाई जडिबुटी हबको रुपमा पनि विकास गर्न सक्छौं । खासगरी काष्ठ र गैरकाष्ठ गरी दुवैको विशेष पहिचान गरी उत्पादन, उचित व्यवस्थापन र बजारीकरण गरी राम्रो लाभ हासिल गर्न सक्छौं ।

यहाँ साल, सिसौ, चाँप जस्ता महत्वपूर्ण बोटवृक्षहरु छन् । यसको अलावा विशिष्टकृत सेवा र मानव पुँजीलाई पनि हामीले विशेष महत्वको साथ काम गर्नुपर्ने जरुरी छ । यसमा हामीले विशेष जोड दिएका छौं । विशिष्टकृत सेवा भन्नाले अहिलेका प्रशासनिक क्रियाकलापहरु सञ्चालनको लागि अत्यन्तै धेरै जनशक्ति प्रयोग गरेर पनि न्यून उपलब्धि हासिल हुँदै आएको परिपाटीसँग सम्बन्धित छ । यसको लागि प्रविधि र सफ्टवेयरलाई विशेष जोड दिएका छौं । खेतीयोग्य जमीनमा घर बनाउन जोड नदिई खेतीपातीलाई नै विशेष जोड दिनुपर्ने जरुरी छ । अर्को पक्ष भनेको मानव पुँजी हो । मानव मष्तिष्कीय ज्ञानलाई परिवर्तनसँग जोडेर नयाँ तवरले हाम्रा आवश्यकताहरु परिपुर्तिमा लगाउने हो भने हामीले राम्रो उपलब्धि हासिल गर्न सकिन्छ ।

बाग्मती प्रदेशले यहाँले भने जसरी विकास योजनाहरुलाई सार्थक बनाउन मानव मष्तिष्कीय पुँजीलाई (Master Mind Group) संगठित र परिचालन सम्बन्धमा कसरी नीति तयारी गरिरहेको छ ?

नेपालमा रहेका सबै किसिमका उच्च दक्ष र विशेषज्ञता हासिल गरेका अधिकांश मानिसहरुको बसोबास बाग्मती प्रदेश नै रहँदै आएको छ । आर्किटेक्ट, इन्जिनियर, डाक्टर, योजनाविद्, अर्थशास्त्री, प्राध्यापक, कानुनविद, पत्रकार, कृषिविज्ञ, दार्शनिक, धर्मगुरु, उद्योगपति, निर्माण व्यवसायी, अनुसन्धाता लगायत सम्बन्धित क्षेत्रमा विशिष्ट ज्ञान हासिल गरेका व्यक्तिहरु नै हाम्रो व्यवस्थित विकासको लागि बौद्धिक सम्पत्ति हुनुहुन्छ । उहाँहरुको व्यवस्थित योजना सहित गरिने विकास दिगो र भरपर्दो हुन सक्छ । सबै क्षेत्रका विशेषज्ञहरुसँग परामर्श गरी सम्बन्धित क्षेत्रमा उहाँहरुलाई परिचालन गर्दै हाम्रो विकास कार्य अघी बढाउन सकेमात्र त्यो हाम्रो हितमा हुन सक्छ । यस कार्यमा हामी सहकार्य गर्न तयार छौं ।

समृद्ध नेपाल निर्माणको यात्रा तय गरिरहेको अहिलेको यस महान अभियानमा कोरोना सङ्कटले कस्तो असर पार्ने अनुमान गर्नुभएको छ ?

हामीले समृद्धिका जगहरु तयार गर्दै थियौं । यसै बीच विश्वभर फैलिएको कोरोना महामारी नेपालमा पनि आइपुग्यो । यसबाट हामी मात्र प्रभावित भएनौं । पछिल्ला दिनहरुमा भारत कोभिडबाट निकै नै प्रभावित मुलुक बनिरहेको छ । हाम्रो अर्को छिमेकी चीन नै कोभिड १९ को उद्गम बिन्दु हो । नेपालमा कोरोना संक्रमणलाई न्यून गराउन नेपाल सरकारले लकडाउन चैत देखि नै आह्वान ग¥यो । पछिल्ला दिनहरुमा पनि विभिन्न ठाऊँहरुममा निषेधाज्ञा गरिँदै आइएको छ । यस किसिमको प्रयाशले मात्र नहुने र हाम्रा श्रमिक वर्ग भोकभोकै रहनुपर्ने एवं अर्थतन्त्र धराशयी हुने खतरा बढेको कारण हामीले सुरक्षित तवरले कामहरुलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ ।

नेपाल कृषिमा राम्रो सम्भावना भएको देश हो । नेपालमा प्रतिकिलो ६ सय रुपियाँ पर्ने किवी खेती पनि गर्न सकिन्छ । यसको अलावा विभिन्न नयाँ प्रजातिका उच्च गुणस्तरीय फलफूलहरु समेत खेती गर्न सकिन्छ । जसबाट राम्रो लाभ हासिल गर्न सकिन्छ । खासगरी हाम्रो मुख्य ध्यान उच्च मूल्यका उत्पादनमा नै केन्द्रित हुनुपर्ने जरुरी छ । जुन अन्तर्राष्ट्रिय बजारमा बढी मूल्यमा बिक्री गर्न सकियोस् । यसको लागि हामीले उच्चस्तरीय प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकताको महसुस गरिसकेका छौं । यसलाई व्यावहारिक रुपमा सार्थक पार्न सोही बमोजिम विशेष योजना सहित अघी बढ्दैछौं ।

कोरोना नियन्त्रणमा जनताहरु कत्तिको सचेत रहेको पाउनुभएको छ ?

कोरोना मानव नियन्त्रण भन्दा बाहिरको समस्या हो । अहिले सम्म मानिसहरु बीच सामाजिक दूरी कायम गर्ने बाहेक यस माथिको जित हुने कुनै आधारहरु देखिएका छैनन् । यस्तो अवस्थामा कोरोनाको पैmलावट रोक्न र आफू सुरक्षित हुनको लागि सुरक्षा संयन्त्र अपनाउनु नै एकमात्र बुद्धिमानी कदम हुन जान्छ । तर अहिले सम्म यस सम्बन्धमा नेपाली जनताहरु त्यति जागरुक हुन सकेको पाईंदैन । यदाकदा कोरोना सङ्कट बीच पनि बन्दहड्ताल र नाराजुलुस समेत हुने गरेको सुन्न पाइन्छ । यसलाई नियन्त्रणको लागि हामी आफैं सचेत बन्नुको विकल्प छैन ।

कोरोना सङ्कट बीच युवा परिचालन र नयाँ रोजगारी सृजना सम्बन्धममा यहाँले के भन्नुहुन्छ ?

अझै पनि नेपालमा कोरोना नियन्त्रणमा आएको छैन । साथै निरन्तर लकडाउन वा निषेधाज्ञा कायम गर्न सकिने अवस्था पनि छैन । यसकारण सुरक्षा विधिहरु अपनाएर गर्न सकिने साना तथा मझौला क्षमताका उद्योगहरुमा रोजगारी प्रवद्र्धन गर्नु जरुरी छ । यस किसिमका उद्योग व्यवसायहरु के–के हुन सक्छन् ? ती क्षेत्रहरुको पहिचान गर्ने कार्यमा हामीले बौद्धिक वर्गहरुको साथसहयोगको समेत अपेक्षा गर्दछौं । हामी आफैंले पनि यस सम्बन्धमा काम गरिरहेका छौं ।

कोभिड व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारले कसरी काम गरिरहेको छ ?

कोभिड व्यवस्थापनको लागि विनियोजित बजेट हामीले बाग्मती प्रदेशबाट कतै खर्च गरेका छैनौं । स्थानीय प्रदेशहरु मार्फत नै हामीले उक्त बजेट उपयोग तथा वितरण गरेका छौं ।

अब हामी कोभिडको प्रभावबाट बच्दै काम गर्न सकिने किसिमले रोजगारी सृजना, शिक्षा, कृषि, प्रविधिको जोड सम्बन्धमा काम गरी जनशक्ति परिचालन गर्नु जरुरी छ । हामीले रोजगारी सृजना हुन सक्ने ठूलो क्षेत्रको रुपमा कृषिलाई लिएका थियौं । तर कृषिमा जनशक्ति परिचालन गर्ने कार्य त्यति सहज रहेनछ । अरुलाई अर्ति दिने व्यक्तिहरु आफैं कृषिमा संलग्न हुने अवस्था अझै सिर्जना भइसकेको छैन ।

यहाँहरुले समृद्धिको अभियानलाई वहसको विषय बनाउनुभएको छ ? यहाँहरुले चाहेको समृद्धिको अभियान कस्तो प्रकृतिको हो ?

निश्चित केही वर्गलाई मात्र लाभ पुग्ने किसिमको नभई सामान्य मानिसको जनजीविकामा रुपान्तरण ल्याउन सक्ने र आर्थिक स्थितिमा सुदृढीकरण ल्याई परिवर्तनको महसुस गराउन सक्ने किसिमको समृद्धि हामीले चाहेका छौं । हामीले शब्द वा कार्यपत्रमा सीमित हुने समृद्धि चाहेका होइनौं । यसको लागि भ्रष्टाचार निवारण र पारदर्शितालाई निकै जोड दिएका छौं । कतै गलत किसिमका गतिविधिहरु भएको पाइए प्रचलित कानुनी व्यवस्था अनुसार कारवाही गर्न हामीले कुनै कमजोरी गरेका छैनौँ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.