add

लघुवित्तले ५ प्रतिशत ब्याज असुल गरी कर्जा पुनरसंरचना गर्न पाउने






ActPro Nepal

|

११ जेठ, २०८०

|
285

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले पनि कर्जा पुनरसंरचना/पुनर्तालिकीकरण गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै असुल हुन बाँकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज असुल गरी कर्जा पुनरसंरचना/पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो।

पछिल्लो समय लघुवित्त संस्थाहरुको ऋण असुलीमा भएको कठिनाइलाई मध्येनजर गर्दै राष्ट्र बैंकले लघुवित्त कम्पनी र ऋणी दुवैलाई सहुलियत दिएको हो ।

राष्ट्र बैंकका अनुसार लघुवित्तका ऋणीले अब २०८० असार मसान्तभित्र आफ्नो ऋण पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सक्नेछन्।

गत चैत्र मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जा मात्र कर्जा बढीमा १ वर्षका लागि पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न हालसम्म असुल हुन बाँकी रहेको ब्याजको कम्तीमा ५ प्रतिशत रकम असुल उपर भएको हुनुपर्ने छ ।

कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पूँजीकरण गरी आम्दानी जनाउन पाइने छैन । उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिने व्यवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.